बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

संविधान संशोधन र सुधार गर्न गोरखा–२ बाट उम्मेदवारी दिएँ : बाबुराम भट्टराई

सोमबार, ०५ माघ २०८२, १७ : ५८
सोमबार, ०५ माघ २०८२

सारांश

  • डा. बाबुराम भट्टराईले गोरखा २ बाट चुनाव लड्ने घोषणा गर्दै देशलाई भूराजनीतिको टक्करबाट जोगाउने बताए।
  • उनले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका लागि उम्मेदवारी दिएको उल्लेख गरे।
  • भट्टराईले संविधान संशोधन र गोरखाको विकासका लागि भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देशलाई बद्लिँदो भू–राजनीतिक परिस्थिति र अन्तर्राष्ट्रिय सामरिक टक्करबाट जोगाउन प्रतिनिधिसभा निर्वाचनमा गोरखा– २ बाट उम्मेदवारी दिएको बताएका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै भट्टराईले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने कार्यमा योगदान गर्न उम्मेदवारी दिएको बताएका हुन् ।

प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट उम्मेदवारी दिनुका ५ आधार सार्वजनिक गर्दै भट्टराईले जेनजी विद्रोहको पृष्ठभूमि र संविधानसभाबाट संविधान निर्माणको दश वर्ष पूरा भएको अवस्थामा संविधानमा आवश्यक संशोधन र सुधारको निम्ति प्रतिनिधिसभाबाट आवश्यक भूमिका निर्वाह गर्न पनि उम्मेदवारी दिएको स्पष्ट पारेका छन् ।

यस्ता छन् भट्टराईले उम्मेदवारी दिन सार्वजनिक गरेका ५ आधार :  

१. बद्लिदो भू-राजनीतिक परिस्थिति र अन्तर्राष्ट्रिय सामरिक टक्करबाट जोगाएर राष्ट्रिय स्वाधीनता,सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने कार्यमा योगदान गर्न।

२. देशमा नयाँ र पुराना राजनीतिक दलहरूवीच र दलहरूभित्रको बढ्दो द्वन्द,असमझदारीले संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा पर्नसक्ने स्थितिमा समन्वयकारी र अभिभावकीय भूमिका सहित लोकतन्त्रको रक्षामा योगदान गर्न।

३.जेन-जी विद्रोहको पृष्ठमूमि र संविधानसभाबाट संविधान निर्माणको दश बर्ष पूरा भएको अवस्थामा संविधानमा आवश्यक संशोधन र सुधारकोनिम्ति संविधानको एक प्रमुख निर्माणकर्ताको हैसियतले प्रतिनिधिसभाबाट आवश्यक भूमिका निर्वाह गर्न।

४.देशमा सुशासन र आर्थिक समृद्धि प्रमुख एजेण्डा बनेको वर्तमान अवस्थामा अर्थ-राजनीतिको ज्ञान र अनुभवको आधारमा देशको तीब्र आर्थिक-सामाजिक रूपान्तरणको मार्गचित्र तथा कार्ययोजना निर्माण र कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न।

५. गोरखाको विकास-निर्माणमा विगतमा गरेका रूपान्तरणकारी कार्यको जगमा टेकेर भविष्यमा गोरखालाई देशको आधुनिक र समतामूलक आर्थिक विकासको मोडेल बनाउन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप