सुदूरपश्चिम प्रदेशमा १६ सिटका लागि २ सय १० जनाको उम्मेदवारी दर्ता
सारांश
- सुदूरपश्चिम प्रदेशमा १६ सिटका लागि २१० जनाले उम्मेदवारी दिएका छन्।
- कैलालीमा ५ सिटका लागि ७८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
- कञ्चनपुरमा ३ सिटका लागि ५५ जनाको उम्मेदवारी परेको छ।
धनगढी । सुदूरपश्चिम प्रदेशमा १६ सिटमा २ सय १० जनाले उम्मेदवारी दिएका छन् । मंगलबार सम्पन्न भएको मनोनयन दर्ता कार्यक्रमको समयभित्र सुदूरपश्चिमका ९ जिल्लाका प्रतिनिधिसभा तर्फ १६ निर्वाचन क्षेत्रबाट २ सय १० जना उम्मेदवार भिड्ने भएका हुन् ।
सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतका कार्यालयहरूका अनुसार सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको कैलालीमा उम्मेदवारहरू पनि बढी छन् । यहाँ ५ सिटका लागि ७८ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
कैलाली –१ मा १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै कैलाली–२, ४ र ५ मा १६/१६ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने ३ मा ११ जनाले दर्ता गराएका छन् ।
यस्तै कञ्चनपुर–१ मा १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । २ मा १९ जनाले र ३ मा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीन सिट भएको कञ्चनपुरमा ५५ जनाको उम्मेदवारी परेको छ ।
अछाम–१ मा ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने २ मा ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
डोटीमा एक सिटका लागि ९ जनाको उम्मेदवारी परेको छ । बाजुरामा एक सिटका लागि ८ जनाको र बझाङमा ७ जनाको उम्मेदवारी परेको छ । यसैगरी बैतडीमा एक सिटका लागि १२ जनाको उम्मेदवारी परेको छ भने दार्चुलामा एक सिटका लागि ११ जनाको उम्मेदवारी परेको छ ।
डडेल्धुरामा भने एक सिटका लागि १३ जनाको उम्मेदवारी परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण