पर्यटकीय ‘हब’ बन्दै ब्लु हिल, २५ करोडको गुरुयोजनासहित धमाधम पूर्वाधार निर्माण
सारांश
- बागलुङ नगरपालिकाले ब्लु हिलमा पर्यटकीय पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ, जसमा २ करोड ५० लाख लगानी हुने लक्ष्य छ।
- ब्लु हिललाई धार्मिक तथा प्राकृतिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्न शिवको मूर्तिसहितका संरचना बन्दैछन्।
- यस आयोजनाले बागलुङको पर्यटन र स्थानीय अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास गरिएको छ।
बागलुङ । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको वडा नं. ९ स्थित ‘ब्लु हिल’ मा पर्यटकीय पूर्वाधार निर्माणले तीव्रता पाएको छ। आकर्षक हिमशृङ्खला र बागलुङ बजारको मनोरम दृश्य देखिने यस स्थानलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउन नगरपालिकाले गुरुयोजनासहित काम अगाडि बढाएको हो। आगामी असार मसान्तसम्म थप २ करोड ५० लाख बराबरको भौतिक संरचना तयार हुने लक्ष्य राखिएको छ।
समुद्र सतहदेखि करिब २ हजार २०० मिटर उचाइमा रहेको 'डोय' भन्ने डाँडालाई नगरपालिकाले ‘ब्लु हिल’ नामकरण गरी धार्मिक तथा प्राकृतिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्न लागेको हो। कुल २५ करोडको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी सुरु गरिएको यस आयोजनामा हालसम्म जग्गा व्यवस्थापन, शौचालय र सत्तल निर्माणमा ७० लाख खर्च भइसकेको छ। अहिले दोस्रो चरण अन्तर्गत २० फिट अग्लो शिवको मूर्ति स्थापनाका लागि दुई तलाको पक्की भवन निर्माण भइरहेको छ।
ब्लु हिललाई नगरपालिकाकै उत्कृष्ट गन्तव्य बनाउन आन्तरिक बजेटबाट ठूलो लगानी भइरहेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताएका छन्। यस वर्ष निर्माणको जिम्मा 'क्वालिसट रिन्युयबल इनर्जी' नामक कम्पनीले लिएको छ। वडाअध्यक्ष राजु थापाका अनुसार पहाडमा शिवको मूर्ति राखेर धार्मिक पर्यटकसँगै प्रकृतिप्रेमीहरूलाई आकर्षित गर्ने योजना छ। यहाँ पुग्ने सडक सुधारलाई पनि प्राथमिकतामा राखिएको छ।
डिपिआर अनुसार यस स्थानमा वनभोजस्थल, ध्यान केन्द्र, दृश्यावलोकन स्तम्भ (भ्यू-टावर), जिम हल, मन्दिर र व्यवस्थित पार्किङलगायतका संरचनाहरू निर्माण गरिनेछन्। उचाइमा रहेका कारण पछिल्लो समय यो क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। पूर्वाधार निर्माण सम्पन्न भएपछि यसले बागलुङको पर्यटन र स्थानीय अर्थतन्त्रमा ठूलो टेवा पुर्याउने विश्वास गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण