१२ बजे १२ समाचार: कांग्रेसको गढमा चर्को हमलादेखि ‘काउन्टडाउन टू वर्ल्डकप’ सम्म
सारांश
- सहरी विकास मन्त्रालयले ४२ जना जेनजी सहिद परिवारलाई मासिक पेन्सन निकासा गरेको छ।
- राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर स्वदेश फर्किए।
- प्रतिनिधि सभा निर्वाचनको चहलपहल बढ्दै जाँदा विभिन्न क्षेत्रका उम्मेदवारहरूको सक्रियता बढेको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।
१. जेनजी सहिद परिवारलाई मासिक पेन्सन
सहरी विकास मन्त्रालयले ४२ जेनजी सहिद परिवारका लागि मासिक २१ हजार ८०० को दरमा पेन्सन निकासा गरेको छ ।
२. काउन्टडाउन टू वर्ल्डकप
सन् २००० र २०१० को दशकमा श्रीलंका कुनै पनि ठूला विश्व प्रतियोगितामा प्रवेश गर्दा मनपर्ने टोलीमध्ये एक थियो । तर पछिल्ला केही वर्षमा टोलीको प्रदर्शन खस्किएको छ ।
३. राष्ट्रपति पौडेल स्वदेश फिर्ता
राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन् ।
४. निर्वाचन चर्चा
प्रतिनिधि सभा सदस्य निर्वाचनको चहलपहल बढ्दै जाँदा बागलुङ क्षेत्र नम्बर १ मा उम्मेदवारहरूको सक्रियता बढ्न थालेको छ ।
५. बालेनको वेग
ती स्थानहरूमा बालेन आउने हल्लासँगै समर्थकहरूको भिड लागेको थियो । बालेन पुगेका अधिकांश स्थानमा भिड देखिन्थ्यो ।
६. कांग्रेसको गढमा चर्को हमला
रतुवामाई नगरपालिका वडा नं. ५, गोविन्दपुर मोरङ क्षेत्र नम्बर २ मा पर्छ । फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको चर्चा यस ठाउँमा नहुने कुरै भएन । किनकि यहाँका मतदाताले यसअघि पटकपटक गिरिजाप्रसाद कोइरालालाई जिताएका छन् । राजनीतिक हिसाबले कांग्रेस र एमालेका जननेता स्वर्गीय मदन भण्डारीको घर रहेको निर्वाचन क्षेत्र पनि यही हो ।
७. टिकटकबाट फिल्मको पर्दामा फैलिँदैछिन् आकृति
पछिल्लो समय कलाकारितामा प्रवेश गर्नका लागि सहज माध्यम बनिरहेका छन् सामाजिक सञ्जाल प्लेटफर्महरू । हिजो कलाकारिता, त्यसमा पनि फिल्म क्षेत्रमा प्रवेश पाउनु फलाको चिउरा चपाउनु सरह कठिन मानिन्थ्यो भने आज टिकटक, इन्स्टाग्राम, फेसबुक जस्ता सामाजिक सञ्जालमा आफ्नो प्रतिभा देखाउनेहरू सहज ढंगले यस क्षेत्रमा प्रवेश पाउन सक्छन् । तीमध्येकै हुन् आकृति राजभण्डारी ।
८. सर्लाही–४ मा चुनावी ब्याटल, काठमाडौँमा अमरेशको दौडधुप !
चुनावमा हुने अन्तर्घात राजनीतिक दलभित्र पटक–पटक दोहोरिने समस्या हो । अझ नेपाली कांग्रेसभित्र यो समस्या तुलनात्मक रूपमा बढी हुने गरेको विगतको उदाहरणले देखाउँछ ।
९. को हुन् रिन्पोछे, जो नेपाल आएपछि राजनीतिक र कूटनीतिक क्षेत्रमा तरङ्ग बढ्यो ?
एउटा प्रवचनका लागि तिब्बती मूलका बौद्ध धर्मगुरु जोनाङ ग्याल्त्साब रिन्पोछे नेपाल आएसँगै तरंग उत्पन्न भएको छ ।
१०. अदालत/प्रशासन
सर्वोच्च अदालतले लिचीबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्ता र कास्कीका तत्कालीन मालपोत कार्यालय प्रमुख रामचन्द्र अधिकारी र तुलसीराम बुढामगरसहितको भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएकाहरूलाई पेसीको सूचना दिन आदेश जारी गरेको छ ।
११. नमुना मतपत्र
प्रतिनिधि सभा अन्तर्गत झापाको निर्वाचन क्षेत्र नम्बर ५ प्रति देशव्यापी चासो छ ।
१२. जापानमा भारी हिमपात
जापानमा जनवरी २० देखि भएको भारी हिमपातका कारण देशभरमा ३५ जनाको मृत्यु हुनुको साथै ३५८ जना घाइते भएका देशको अग्नि तथा प्रकोप व्यवस्थापन निकायले बुधबार जानकारी दिएको छ ।
निगाता, अकिता, यामागाता, होक्काइदो र आओमोरीलगायतका धेरै प्रान्तहरूमा हताहती भएको जापानी सञ्चारमाध्यमले सरकारी अधिकारीलाई उद्धृत गरी रिपोर्ट गरेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण