शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: दुई दिन हिरासतमा बसेर छुटे दुर्गा प्रसाईं, चार रनबाट चुक्यो नेपाल

सोमबार, २६ माघ २०८२, ०० : ०१
सोमबार, २६ माघ २०८२

सारांश

  • T-20 विश्वकप क्रिकेटमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित भयो।
  • बालेन शाह एमाले कार्यालयमा पुगेर स्थानीय नेताहरूसँग भेटघाट गरे।
  • सर्वोच्च अदालतले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गर्यो।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. चार रनबाट चुक्यो नेपाल

टी–२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ४ रनले जितको स्वाद चाख्नबाट चुकेको छ । इङ्गल्याण्डसँग नेपाल ४ रनले पराजित भएको हो ।

२. एमालेको कार्यालयमा पुगे बालेन

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रूपमा प्रस्तावित बालेन शाह आइतबार झापाको दमक–३ स्थित एमाले कार्यालयमा पुगेका छन् । चुनाव कार्यक्रम अन्तर्गत घरदैलोमा पुग्ने क्रममा उनी एमालेको कार्यालयमा पुगेर स्थानीय नेता–कार्यकर्तासँग हात मिलाएर फर्किएका थिए ।

३. देउवाबारे चासो बढ्दै

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सार्वजनिक कार्यक्रममा देखिन छाडेका छन् । चुनावको सरगर्मी बढिरहेका समयमा उनी अहिलेसम्म चुनाव प्रचारमा समेत जाने–नजाने तय भइसकेको छैन । यता कांग्रेसले भने चुनाव केन्द्रित विभिन्न निर्णय गरेको छ ।

४. प्रहरी हेडक्वार्टरले सातै प्रदेशमा खटायो एआईजी

निर्वाचन सुरक्षाबारे अनुगमन गर्न प्रहरी हेडक्वार्टरले सात वटै प्रदेशमा एआईजीहरूलाई खटाएको छ । 

५. दुई दिन हिरासतमा बसेर छुटे दुर्गा प्रसाईं

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । शुक्रबार पक्राउ परेका उनी दुई दिन हिरासतमा बसेका थिए । आइतबार अदालतको आदेश अनुसार उनी हाजिर जमानीमा रिहा भएका हुन् ।

६. ग्यास अभावको मौका छोपेर बजारमा ‘ब्रह्मलुट’ 

बजारमा अहिले खाना पकाउने एलपी ग्यासको चरम अभाव छ । सर्वसाधारणले सहज रूपमा ग्यास पाउन सकेका छैनन् । डिपोहरूमा रित्ता सिलिन्डरको लाइन छ भने विक्रेताकहाँ नाम टिपाएर हप्तौँ कुर्नुपर्ने बाध्यता छ ।

७. इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश 

सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

८. बालेनको डेरामा चोरी गर्ने तीन जना पक्राउ

काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन शाहको डेरामा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 ९. रेशम चौधरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

उम्मेदवारी खारेज गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका रेशम चौधरीलाई झट्का लागेको छ । उनको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

१०. निर्वाचन क्षेत्रका चर्चा

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत विभिन्न निर्वाचन क्षेत्र केन्द्रित रहेर रातोपाटीले अघिल्लो निर्वाचनको मत परिणाम, अहिले चर्चामा रहेका उम्मेदवार र उनीहरूको गतिविधिमा आधारित रहेर समाचार प्रकाशन गर्दै आएको छ । सोही क्रममा आइतबार पनि विभिन्न निर्वाचन क्षेत्र सम्बन्धित सामग्री प्रकाशन भएको छ ।

११.  राष्ट्रिय झन्डा ओढाएर सुनिल थापालाई अन्तिम बिदाइ

दिवंगत वरिष्ठ कलाकार सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । थापाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर अन्तिम बिदाइ गरिएको हो । 

२०७९ को निर्वाचनमा मधेस प्रदेशमा खासै उपस्थिति जनाउन नसकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यसपटक त्यहाँ पनि चर्चामा छ । काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह (बालेन)लाई वरिष्ठ नेताको रूपमा भित्र्याएर प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेसँगै मधेसमा रास्वपाको ‘क्रेज’ ह्वात्तै बढेको हो । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले मधेसमा सबैभन्दा धेरै कुन पार्टीको कत काट्ला भन्ने अड्कलबाजी पनि सुरू भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप