लुइस डियाजको ह्याट्रिक र केनको दुई गोलमा बायर्नको विशाल जित
सारांश
- बायर्न म्युनिखले होफनहाइमलाई ५-१ गोलले पराजित गर्यो, जसमा लुइस डियाजको ह्याट्रिक र ह्यारी केनको दुई गोल थिए।
- खेलमा होफनहाइमका एक खेलाडीले रातो कार्ड पाएका थिए, जसले गर्दा बायर्नलाई जित्न सहज भयो।
- यस जितसँगै बायर्नले बुन्डेसलिगाको शीर्ष स्थानमा आफ्नो अग्रता बढाएको छ।
म्युनिख । कोलम्बियाली विङ्गर लुइस डियाजको सानदार ह्याट्रिक र ह्यारी केनको दुई गोलको मद्दतले बायर्न म्युनिखले १० खेलाडीमा सीमित होफनहाइमलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको छ।
यो जितसँगै बायर्नले जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा ६ अंकको स्पष्ट अग्रता कायम गरेको छ। शनिबार वल्फ्सवर्गलाई हराउँदै बोरुसिया डर्टमन्डले अंक दुरी ३ मा झारे पनि बायर्नले पुनः बलियो पुनरागमन गरेको हो।
खेलको सुरुवातदेखि नै बायर्नले आक्रामक खेल पस्कियो। डियाजलाई पेनाल्टी क्षेत्रमा लडाएपछि प्राप्त अवसरलाई ह्यारी केनले गोलमा परिणत गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए।
सोही फाउलका कारण होफनहाइमका डिफेन्डर केभिन एक्पोगुमाले रातो कार्ड खाँदै मैदान बाहिरिनु परेपछि पाहुना टोली दबाबमा परेको थियो। यद्यपि, आन्द्रे क्रामारिचले गोल गर्दै खेललाई बराबरीमा ल्याए पनि १० खेलाडीको होफनहाइमले बायर्नको दबाबलाई थेग्न सकेन।
केनले व्यक्तिगत दोस्रो गोल गर्दै सिजनको ३८ औँ गोल पूरा गरे भने डियाजलाई गोलका लागि पास समेत उपलब्ध गराए। पूर्व लिभरपुल स्टार डियाजले माइकल ओलिसेको पासलाई ट्याप–इन गर्दै व्यक्तिगत दोस्रो र खेलको अन्तिम मिनेटमा तेस्रो गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे।
साबिक विजेता बायर्नले यो जितसँगै उपाधि रक्षाको यात्रालाई थप मजबुत बनाएको छ भने हार बेहोरेको होफनहाइम लिगको तेस्रो स्थानमा यथावत छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण