पर्सामा आचारसंहिता अनुगमन अधिकृत तोकिए, मतदानस्थलको निरीक्षण तीव्र
सारांश
- पर्सा जिल्ला प्रशासनले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र पारेको छ।
- निर्वाचनलाई निष्पक्ष बनाउन दुई जना आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ।
- सुरक्षा निकायका प्रमुखहरूले मतदानस्थलको स्थलगत निरीक्षण सुरु गरेका छन्।
वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय पर्साले तयारी तीव्र पारेको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन प्रशासनले दुई जना आचारसंहिता अनुगमन अधिकृत तोकेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीका अनुसार सहायक प्रजिअ विनोदकुमार पोखरेल र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मनोजकुमार जोशीलाई अनुगमन अधिकृतको जिम्मेवारी दिइएको छ। निर्वाचन आयोगको निर्णय र निर्वाचन आचारसंहिता २०८२ को व्यवस्था बमोजिम उनीहरूलाई यो जिम्मेवारी सुम्पिएको हो। प्रशासनले कोही कसैले आचारसंहिता विपरीतका गतिविधि गरेमा तत्काल उजुरी दिन समेत सर्वसाधारणलाई आह्वान गरेको छ।
यसैबिच, निर्वाचनको सुरक्षा र व्यवस्थापन चुस्त बनाउन पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरूले मतदानस्थलको स्थलगत निरीक्षण सुरु गरेका छन्। टोलीले आइतबार धोविनी गाउँपालिकाका पाँच वटा वडामा रहेका सात वटा मतदानस्थलको अवस्थाबारे जानकारी लिएको छ।
टोलीमा चारवटै सुरक्षा निकाय र निर्वाचन कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण