जेनजी आन्दोलनमा हिरासतबाट भागेका युवक ब्राउन सुगरसहित पक्राउ
बुधबार, २८ माघ २०८२, ११ : ४३
सारांश
- नयाँ बानेश्वरबाट भागेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा धनकुटाका ३१ वर्षीय डिल्लीबहादुर कटुवाल छन्।
- उनको साथबाट ६ ग्राम ६५ मिलिग्राम लागुऔषध (ब्राउन सुगर) बरामद गरियो।
काठमाडौँ । जेनजी प्रदर्शन हुँदा प्रहरी वृत्त नयाँ बानेश्वरबाट भागेका एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास नगरपालिका–५ घर भएका ३१ वर्षीय डिल्लीबहादुर कटुवाल छन् ।
उनलाई मंगलबार सशस्त्र प्रहरी बलको इन्टेलीजेन्स ब्युरोको टोलीले गोकर्णेश्वर नगरपालिकाबाट पक्राउ गरेको हो । आरोपीको साथबाट ६ ग्राम ६५ मिलिग्राम लागुऔषध (ब्राउन सुगर) बरामद गरिएको सशस्त्र प्रहरीका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
आरोपीको साथबाट सशस्त्रले लागुऔषध तौलिने मेशिन पनि बरामद गरेको छ । यसअघि २०८२ साउन २७ मा सशस्त्रले उनलाई २९ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेर बुझाएको थिए । त्यसबेला अनुसन्धानको क्रममा रहेका उनी जेनजी आन्दोलनमा बानेश्वर वृत्तको हिरासतबाट भागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण