देश बनाउन एक जनाबाट मात्र सम्भव हुँदैन, सबैलाई मिलाएर लैजान्छु: सभापति थापा
सारांश
- गगनकुमार थापाले देश बनाउन सबैलाई मिलाएर लैजाने बताए।
- उनले मधेसलाई बुझ्न र यहाँका समस्या समाधान गर्न आएको बताए ।
- थापाले सर्लाही क्षेत्र नं ४ को विकासमा प्रतिबद्धता जनाए ।
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश बनाउने काम एक जनाबाट मात्र सम्भव नभएकाले सबैलाई मिलाएर लैजाने बताएका छन् ।
सर्लाही निर्वाचन क्षेत्र नं ४ अन्तर्गत बुधबार साँझ जिल्लाको धन्कौलमा आयोजित मतदातासँग भेटघाट कार्यक्रममा उनले आफू मधेसबाट देश जोड्ने सन्देश दिने उद्देश्यसहित यहाँ आएको भन्दै मतदाताको विश्वास जितेर काम गर्ने बताए ।
सभापति थापाले भने, “देश एक्लैले बनाउने होइन । यो सामूहिक प्रयास र सङ्कल्पबाट मात्रै सम्भव हुन्छ । एउटा व्यक्तिले देश बनाउने भए पहिले नै राजा महाराजाले बनाइसक्ने थिए । यसर्थ देशमा रहेका सबै दललाई मिलाएर परिवर्तनका लागि हातेमालो गर्नेछु । त्यसको भूमिका मेरो पार्टी र मैले पूरा गर्नेछु ।”
उनले आफू निर्वाचन क्षेत्र नपाएर सर्लाही नआएको बताउँदै उनले काठमाडौँ क्षेत्र नं ४ जस्तो आफ्नो बलियो जनधार रहेको सजिलो क्षेत्र छाडेर आएको बताए । “मलाई अझ बढी मधेस बुझ्नु छ । यहाँको पीडा बुझ्नु छ । यहाँका समस्याबारे धेरै कुरा उठिसकेका छन्, म समाधान गर्छु भनेर आएको हुँ”, सभापति थापाले भने ।
आफ्नो पार्टीले विश्वास गरेर प्रधानमन्त्रीमा अगाडि सारेको उल्लेख गर्दै उनले अब देशभरबाट पार्टीलाई सहयोग गरेर त्यसमा समर्थन प्राप्त हुनेमा विश्वस्त रहेको बताए । प्रधानमन्त्रीको जिम्मेवारी नपाए पनि आफूले सर्लाही क्षेत्र नं ४ को विकासमा प्रतिबद्ध भएर काम गर्ने उनको भनाइ थियो ।
“मलाई कसैले नेता वा माननीयका रूपमा हेर्नुपर्ने छैन । यहाँहरूले मलाई आफ्नै दाइ, भाइ वा छोरा। साथी भनेर बुझिदिनु हुन्छ । म पाँच वर्षका लागि यहाँहरूको परिवारको सदस्य हुन आएको छु”, सभापति थापाले भने, “समस्या समाधानका लागि सर्लाही–४ र काठमाडौँ दुवै ठाउँमा कार्यालय सञ्चालन गर्नेछु, अहिले मैले मत मागे जसरी पछि यहाँका नागरिकले मसँग हक माग्ने हो ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण