परराष्ट्रमन्त्री शर्मा बङ्गलादेश जाँदै
सारांश
- परराष्ट्रमन्त्री बलानन्द शर्मा बङ्गलादेशको नयाँ सरकारको शपथग्रहण समारोहमा सहभागी हुन जाँदै हुनुहुन्छ।
- बङ्गलादेशमा हालै सम्पन्न चुनावमा बीएनपीले बहुमत ल्याएको छ र तारिक रहमान प्रधानमन्त्री बन्दै हुनुहुन्छ।
- शर्माले शपथ ग्रहण समारोहमा भाग लिई उच्चस्तरीय भेटघाट गर्ने र बुधबार नेपाल फर्किने कार्यक्रम रहेको छ।
काठमाडौँ । परराष्ट्रमन्त्री बलानन्द शर्मा बङ्गलादेश जाने भएका छन् । बङ्गलादेशमा गठन हुने नयाँ सरकारका प्रधानमन्त्रीको शपथग्रहण कार्यक्रममा अतिथिको रूपमा सहभागी हुन उनी साेमबार त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बंगलदेशमा सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले हालै चुनाव सम्पन्न गराएको छ । सो चुनावबाट बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले बहुमत ल्याएको छ ।
बीएनपीका अध्यक्ष तारिक रहमानले बङ्गलादेशको नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिँदैछन् । शपथ ग्रहण कार्यक्रममा बङ्गलादेशले नेपालसहित भारत, चीन, साउदी अरेबिया, पाकिस्तान, टर्की, यूएई, कतार, मलेसिया, ब्रुनेई, श्रीलंका, माल्दिभ्स, भुटानलगायतका देशका सरकार प्रमुखलाई निमन्त्रणा पठाएको छ ।
शपथग्रहण कार्यक्रम ढाकामा रहेको राष्ट्रिय संसद् परिसरमा हुने भएको छ । प्रधानमन्त्रीको शपथ मंगलबार दिउँसो ४ बजे हुने बताइएको छ । परराष्ट्रमन्त्री शर्मा शपथ ग्रहण कार्यक्रममा सहभागी भएर केही उच्चस्तरीय भेटघाट गरी बुधवार नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण