पहिलो चरणबाटै बाहिरिइन् ब्रिटिस नम्बर वान राडुकानु
सारांश
- एम्मा राडुकानु दुबई टेनिस च्याम्पियनसिपको पहिलो चरणबाटै क्रोएसियाकी एन्टोनिया रुजिकसँग पराजित भइन्।
- विश्व वरीयतामा ६७औँ स्थानमा रहेकी रुजिकले राडुकानुलाई ६-१, ५-७ र ६-२ को सेटमा हराइन्।
- राडुकानुले खेलमा मेडिकल टाइम आउट लिएकी थिइन् र कतार ओपनमा पनि चोटका कारण खेल छाडेकी थिइन्।
दुबई । ब्रिटिस नम्बर वान टेनिस खेलाडी एम्मा राडुकानु दुबई टेनिस च्याम्पियनसिपको पहिलो चरणबाटै बाहिरिएकी छिन्। क्रोएसियाकी एन्टोनिया रुजिकसँग पराजित भएपछि राडुकानुको यात्रा सुरुवातमै टुङ्गिएको हो।
विश्व वरीयताको ६७औँ स्थानमा रहेकी रुजिकले राडुकानुलाई ६–१, ५–७ र ६–२ को सेटमा हराउँदै अर्को चरणमा स्थान सुरक्षित गरिन्। केही खेलाडीहरू चोट र बिरामीका कारण प्रतियोगिताबाट बाहिरिएपछि रुजिकले 'लक्की लुजर' को रूपमा मुख्य ड्रमा स्थान पाएकी थिइन्।
खेलको सुरुवातदेखि नै दबाबमा परेकी राडुकानुले पहिलो सेट मात्र ३० मिनेटमा गुमाएकी थिइन्। दोस्रो सेटमा पनि ५–३ ले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै उनले खेललाई निर्णायक सेटसम्म पुर्याइन्।
लगातार ६ गेम जितेर तेस्रो सेटमा २–० को अग्रता लिए पनि राडुकानुले त्यसलाई जोगाउन सकिनन्। त्यसपछिका लगातार ६ गेम जित्दै रुजिकले खेल आफ्नो पक्षमा पारिन्।
विश्व वरीयताको २५औँ स्थानमा रहेकी राडुकानुले खेलका क्रममा मेडिकल टाइम आउट समेत लिएकी थिइन्। गत हप्ता कतार ओपनमा पनि चोटकै कारण पहिलो चरणको खेल बिचमै छोड्न बाध्य भएकी राडुकानुका लागि यो हार अर्को ठुलो धक्का बनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण