१२ बजे १२ समाचार: भीआईपी धम्क्याउने प्रकाशसँग प्रदीपको ‘कनेक्सन’, कांग्रेसले बागीलाई कारबाही गर्ने
सारांश
- अख्तियार प्रमुखलाई धम्क्याउने प्रकाश पाठक काठमाडौं प्रहरी हिरासतमा छन्, र उनी र प्रदीप अधिकारीबीच कनेक्सन देखिएको छ।
- निर्वाचनको प्रचारप्रसारको समयमा विभिन्न पार्टीका नेताहरूले पार्टी परिवर्तन गरी कांग्रेस रोजेका छन्, साथै बागी उम्मेदवारलाई कारबाही गरिने भएको छ।
- सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको रिटलाई फागुन २२ गते साधारण तारेख दिएको छ, र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ–
१. अधिकारीसँग पाठकको कनेक्सन
अख्तियार प्रमुख प्रेम कुमार राईसहितका हाइप्रोफाइललाई धम्क्याउने प्रकाश पाठक अहिले काठमाडौँ प्रहरीको हिरासतमा छन् । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा उनलाई माघ २८ मा प्रहरीले पक्राउ गरेर नेपाल ल्याइएको थियो । काभ्रे घर भएका पाठकले सामाजिक सञ्जाल (फेसबुक) मार्फत १० जना हाइप्रोफाइललाई धम्की दिएका थिए ।
प्रहरीले उनीविरुद्ध आपराधिक लाभ, आपराधिक षड्यन्त्र गर्न नहुने कसुर र विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
पाठक र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको बिचमा ‘कनेक्सन’ देखिएको छ ।
२. चुनावको मुखमा दल परिवर्तन
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म प्रचारप्रसारका लागि समय तोकेको छ ।
प्रचार प्रसारको समय सुरु भएको ३ दिनमै विभिन्न पार्टीका केन्द्रीय तहका दर्जनभन्दा बढी नेताहरूले पार्टी परिवर्तन गरेर कांग्रेस रोजेका छन् ।
३. बागीलाई कारबाही गर्ने
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकालाई अनुशासनको कारबाही गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय अनुशासन समिति बैठकले बागी उम्मेदवारका प्रस्तावक र समर्थकलाई पनि अर्को बैठकबाट कारबाही गर्ने तयारी गरेको हो ।
४. नेकपाको फेरिएको रणनीति
अघिल्लो निर्वाचनमा परम्परागत शैली अपनाउँदै ठुलठुला चुनावी सभा गर्दै आएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले यो पटक घरदैलो कार्यक्रमलाई जोड दिएको छ ।
निर्वाचन आयोगले प्रचारप्रसारका लागि राजनीतिक दलहरूलाई फागुन ४ देखि १८ गतेसम्म समय दिएको छ । तर यो पटक नेकपाले ठुलठुला आमसभा गर्नेभन्दा पनि कोणसभा, अन्तक्र्रिया, घरदैलो, विचार गोष्ठीलाई प्राथमिकता दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
५. विघटन विवाद
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको रिटलाई फागुन २१ गतेको निर्वाचनको भोलिपल्ट (फागुन २२) मा साधरण तारेख दिएको छ । रिटकर्ता मध्येका अधिवक्ता कृतिनाथ शर्मा पौडेलले चुनावको भोलिपल्ट अर्थात् यही फागुन २२ गतेलाई साधारण तारिख पाएको जानकारी दिए ।
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन शुक्रबार आदेश दिएको छ ।
६. विश्वकप
थप:
७. निर्वाचन आयोग
यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि सात राजनीतिक दलले निर्वाचन खाता अद्यावधिक विवरण बुझाएको निर्वाचन आयोगले जानकारी दिएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै आयोगले सात दल र ८६७ उम्मेदवारले बैंक खाता खोलेको जानकारी दिएको हो ।
८. राजनीतिक विश्लेषक डम्बर खतिवडासँग ‘वारपार’
राजनीतिक विश्लेषक तथा स्तम्भकार डम्बर खतिवडा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले मुलुकलाई पूर्ण निकास नदिने बताउँछन् । रातोपाटीको ‘वारपार’मा अन्तर्वार्ताका क्रममा उनले जेनजी आन्दोलनको पूर्वसर्त निर्वाचन नभएको र भ्रष्टाचार नियन्त्रण तथा सुशासनको मुद्दामा दलहरूको स्पष्ट एजेन्डा नआएको बताए । राप्रपाद्वारा विरोध
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले पूर्वराजा वीरेन्द्र शाहको शालिकमाथि उभिएर अपमानपूर्ण र अभद्र व्यवहारप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
९. वैदेशिक व्यापार
चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो सात महिना (साउन–माघ) मा नेपालको वैदेशिक व्यापारको आकार बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष आयात र निर्यात दुवैमा सुधार देखिएको हो।
१०. वैवाहिक बन्धनमा नीति
अभिनेत्री नीति शाह विवाह बन्धनमा बाँधिएकी छन् । उनले शुक्रबार याञ्चित राणासँग परम्परागत विधिअनुसार विवाह गरेकी हुन् । उनको वैवाहिक समारोह झम्सिखेलस्थित न्यु प्लाजामा चलिरहेको छ । विवाहमा दुवै तर्फका परिवारका नजिकका आफन्त र साथीभाइ सहभागी छन् ।
११. प्रहरीको एक्सन
नेकपा एमालेको झण्डा जलाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले शुक्रबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ कालाखोला बस्ने ५५ वर्षीय बुद्धि बहादुर बस्नेतलाई पक्राउ गरेको हो ।
१२. राप्रपाद्वारा विरोध
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले पूर्वराजा वीरेन्द्र शाहको शालिकमाथि उभिएर अपमानपूर्ण र अभद्र व्यवहारप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण