गणतन्त्रले देशलाई ऋणको भारी मात्र बोकायो : खुश्बु ओली
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ एवं प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उम्मेदवार खुश्बु ओलीले वर्तमान राजनीतिक व्यवस्था र नेतृत्वको असफलताका कारण देश गम्भीर सङ्कटमा फसेको बताएकी छन् ।
सोमबार झापाको वैगुन्धरा बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मुलुकको स्वाभिमान र विकासका लागि राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको विकल्प नभएकोमा जोड दिइन् ।
सम्बोधनको क्रममा सभास्थलमा रहेको च्यातिएको राष्ट्रिय झन्डाप्रति सङ्केत गर्दै ओलीले भनिन्, “यो च्यातिएको झन्डा हाम्रो देशको वर्तमान अवस्थाको ऐना हो। हाम्रो स्वाभिमान र शिर यसैगरी च्यातिएको छ। राजनीतिक दलका नेताहरूले देशको अवस्थालाई यो झन्डाजस्तै झुत्रो बनाएका छन्। अब यसलाई परिवर्तन गर्ने जिम्मा तपाईँ हाम्रो काँधमा आएको छ।“
गणतन्त्रको तीखो आलोचना गर्दै ओलीले यो व्यवस्थाले देशलाई ऋणको थुप्रोमा मात्र डुबाएको आरोप लगाए । “गणतन्त्र आएपछि देश ३० खर्बभन्दा बढीको ऋणमा डुबेको छ । हिजो १२ करोड राजाको खर्च भयो भनेर सडक तताउनेहरूले आज चियापान र मोजमस्तीका नाममा ४०० करोड सिध्याइरहेका छन्,“ उनले भनिन, “एउटा राजा पाल्न सक्दैनौँ भन्नेहरूले आज हजारौँ भ्रष्ट र दलाल नेताहरूलाई राजा बनाएर ्पाल्नुपरिरहेको छ।“
नेपाली पासपोर्टको ओज घटेको र युवाहरू विदेशी भूमिमा रगत–पसिना बगाउन बाध्य भएकोमा उहाँले चिन्ता व्यक्त गरिन्। “हिजो हाम्रो पासपोर्टले युरोपका देशहरूमा सम्मान पाउँथ्यो, आज अफ्रिकाका मुलुकको भन्दा पनि कमजोर बनेको छ। देशका उद्योगधन्दा बन्द गरेर युवा बेच्ने काम मात्र भएको छ,“ उनले थपिन् ।
धर्मान्तरण र सांस्कृतिक हस्तक्षेपको विरोध गर्दै ओलीले हिन्दु राष्ट्रको मुद्दा राप्रपाको मुख्य एजेन्डा रहेको प्रस्ट पारिन् । “हाम्रो सभ्यता र हिन्दुत्वमाथि प्रहार भइरहेको छ। चुनावका बेला गेरुवा वस्त्र लगाएर मन्दिर धाउने ’छद्मभेषी रावण’हरूलाई चिन्नुपर्छ। हामीले हाम्रो धर्म र संस्कृतिको रक्षाका लागि सम्झौता गर्नेछैनौँ,“ उनले भनिन् ।
झापाको स्थानीय समस्या, विशेष गरी ऐलानी जग्गाको विषयमा बोल्दै ओलीले ठुला दलहरूले वर्षौँदेखि जनतालाई भोट बैंकका रूपमा मात्र प्रयोग गरेको आरोप लगाइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण