झापा– १ मा रास्वपाका डाँगीको अग्रता
शुक्रबार, २२ फागुन २०८२, १४ : ३३
सारांश
- झापा क्षेत्र नं १ मा रास्वपाकी निशा डाँगीले अग्रता लिएकी छन्।
- निर्वाचन अधिकृतका अनुसार, डाँगीले ३,७७९ मत गणना गर्दा १,७०२ मत प्राप्त गरिन्।
- यस क्षेत्रमा ७६,७७४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
झापा, २२ फागुन: झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार निशा डाँगीले अग्रता लिएकी छन् ।
निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार तीन हजार ७७९ मत गणना गर्दा डाँगीले एक हजार ७०२ मत प्राप्त गरेकी छन् । यहाँ श्रम संस्कृति पार्टीका उम्मेदवार केवलराम राईले ७७५, नेपाली कांग्रेसका केशवराज पाण्डेले ५२५ र नेकपा (एमाले) का रामचन्द्र उप्रेतीले ४०५ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा एक लाख ३१ हजार ६७ मतदाता रहेकामा ७६ हजार ७७४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण