प्रलोपाले समानुपातिक मतगणना केन्द्रमा प्रतिनिधि खटाउने
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले प्रतिनिधिसभा निर्वाचनको मतगणना केन्द्रमा प्रतिनिधि खटाउन निर्देशन दियो।
- पार्टी अध्यक्ष सन्तोष परियारले परिपत्र जारी गर्दै मतगणनामा प्रतिनिधि पठाउन निर्देशन दिए।
- परियारले निर्वाचनको सफलताका लागि बधाई दिँदै लोकतान्त्रिक प्रक्रिया गतिशील भएको बताए।
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सुरु भएसँगै देशभरका सबै मतगणना केन्द्रमा पार्टीका प्रतिनिधि अनिवार्य खटाउन निर्देशन दिएको छ ।
पार्टी अध्यक्ष सन्तोष परियारले एक परिपत्र जारी गर्दै पार्टीका सम्पूर्ण जिम्मेवार नेतृत्वलाई यो निर्देशन दिएका हुन् ।
अध्यक्ष परिषद्का अध्यक्ष परियारद्वारा जारी परिपत्रमा समानुपातिकतर्फको मतगणना सुरु भइरहेका मतगणना केन्द्रहरूमा प्रलोपाको तर्फबाट कम्तीमा १ जना मतगणना प्रतिनिधि खटाउन र समानुपातिक मतगणनाको पूर्ण विवरण पार्टीलाई उपलब्ध गराउन भनिएको छ ।
परियारले आफ्नो परिपत्रमा हिजो मिति सम्पन्न प्रतिनिधिसभा निर्वाचनको सफलतामा नेपाल सरकार र सम्बन्धित सबैलाई हार्दिक बधाई ज्ञापन गरेका छन् । उनले चुनौतीपूर्ण समयमा पनि शान्तिपूर्ण तरिकाले सम्पन्न यस निर्वाचनले नेपालको लोकतान्त्रिक प्रक्रियालाई पुनः गतिशील बनाएको उल्लेख गरेका छन् ।
प्रलोपाले यस निर्देशनमार्फत समानुपातिकतर्फको आफ्नो मत सुरक्षाका लागि सक्रिय भूमिका निर्वाह गर्ने स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण