योगेशलाई जिम्मेवारी नदिएको आरोपप्रति के भन्छन् एमाले महासचिव ?
सारांश
- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईको आरोपमा महासचिव शंकर पोखरेलले खण्डन गरेका छन्।
- पोखरेलले भट्टराईलाई निर्वाचनको समयमा वक्ताको रूपमा जान अनुरोध गरेको बताए।
- भट्टराईले ताप्लेजुङ जानुपर्ने बताएपछि आफूले त्यसलाई स्वाभाविक रूपमा लिएको पोखरेलको भनाइ छ।
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचनको बेला आफूलाई जिम्मेवारी नदिएको आरोपप्रति महासचिव शंकर पोखरेलले मुख खोलेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले यस आरोपको खण्डन गरेका हुन् । उनले लेखेका छन्– 'अहिले सामाजिक सञ्जालमा योगेशजीले निर्वाचनका समयमा महासचिवसँग जिम्मेवारी माग्दा नपाएको भन्ने चर्चा भएको रहेछ। तर मैले उहाँलाई वक्ताका रूपमा माग भएका स्थानहरूमा मिलेसम्म गइदिन अनुरोध गरेको कुरा भने कतै उल्लेख भएको देखिनँ। अझ मैले समय मिलेमा दाङमा समेत आउन अनुरोध गरेको थिएँ। त्यसबेला उहाँले ताप्लेजुङ जानुपर्ने बताउनुभएको थियो। मैले त्यसलाई स्वाभाविक रूपमा लिएको थिएँ। तर अहिले उहाँका नाममा सम्प्रेषित समाचारबाट भने म आश्चर्यचकित भएको छु।'
योगेशको भनाइको अधुरो अंश मात्र सम्प्रेषण भएको हुन सक्ने भन्दै उनले भ्रम नपरोस् भनेर विषय स्पष्ट पारेको उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण