कपिलवस्तु अपडेटः प्रहरीको हवाई फायरमा ३ जना घाइते
सारांश
- कपिलवस्तुको महाराजगन्जमा निषेधाज्ञा उल्लंघन गर्दै युवाहरुले प्रदर्शन गरेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भयो।
- प्रहरीले हवाई फायर गर्दा तीन जना घाइते भए, जसलाई उपचारका लागि बुटवल र भैरहवा पठाइएको छ।
- शनिबार मन्दिरमा भएको तोडफोडको विषयलाई लिएर दुई समुदायबीचको तनावपछि निषेधाज्ञा जारी गरिएको थियो।
बुटवल । कपिलवस्तुको महाराजगन्ज बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञाबिच स्थानीय युवाहरूले हुलाकी मार्गमा टायर बालेर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी सन्तोष आचार्यले रातोपाटीलाई दिएको जानकारी अनुसार युवाहरूले प्रहरीलाई अवरोध गर्ने क्रममा झडप भएपछि हवाई फायर गर्नुपरेको हो । हवाई फायरबाट तीन जना घाइते भएका छन् । उनले अहिले स्थिति नियन्त्रणमा आउँदै गरेको र घाइतेहरूलाई उपचारका लागि बुटवल र भैरहवा पठाइएको बताए ।
शनिबार मन्दिरमा भजन गाउँदा तोडफोड भएको विषयलाई लिएर दुई समुदायबिच तनाव सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालयले उक्त क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो ।
सम्भावित झडप रोक्न जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम आज दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्म भेला, सभा, जुलुसलगायत गतिविधि गर्न नपाइने गरी निषेधाज्ञा जारी गरेको थियो ।
आदेशको उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ । निषेधाज्ञा पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगन्ज बजार र दक्षिणमा हर्दौनासम्म लागु गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण