अपडेट
एमाले प्रदर्शनमा पक्राउ परेका ६ जना रिहा, एक बैंकिङ कसुरका फरार अभियुक्त
आइतबार, १५ चैत २०८२, १० : ०७
सारांश
- एमाले अध्यक्ष केपी ओलीको पक्राउको विरोध प्रदर्शनमा उत्रिएका एकजना फरार अभियुक्त पक्राउ परेका छन्।
- पक्राउ परेका विमल धमला बैंकिङ कसुर मुद्दामा फरार रहेको पुष्टि भएको छ, उनलाई थुनामा राखेर अनुसन्धान गरिनेछ।
- धमलाले बबरमहलमा एउटा निजी स्कोर्पियोमा तोडफोड गर्ने प्रयास गरेका थिए, अन्य ६ जना प्रदर्शनकारी रिहा भएका छन्।
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध प्रदर्शनमा उत्रिएर पक्राउ परेका एकजना फरार प्रतिवादी रहेको पुष्टि भएको छ ।
शनिवार बबरमहलबाट पक्राउ परेका विमल धमला बैंकिङ कसुर मुद्दामा फरार रहेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । उनी दुईवटा मुद्दामा फरार रहेको भेटिएको छ ।
उनलाई थुनामा राखेर अनुसन्धान गरिने एसपी भट्टराईले बताए । धमलाले बबरमहल स्थित एउटा निजी स्कोर्पियोमा तोडफोड गर्ने प्रयास गरेका थिए ।
प्रदर्शन स्थलबाट पक्राउ परेका अन्य ६ जना रिहा भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण