सांसदले आफ्नो क्षेत्रका समस्या तत्कालै प्रधानमन्त्री कार्यालयलाई जानकारी गराउन सक्ने व्यवस्था
सारांश
- प्रधानमन्त्रीले सांसदहरूलाई निर्वाचन क्षेत्रका समस्याबारे जानकारी गराउन ह्वाट्सएप ग्रुप बनाउने कुरा बताए।
- सांसदहरूले रेडक्रसका समितिहरूमा भएको भ्रष्टाचारबारे छानबिनको माग गरे।
- मधेस प्रदेशका सांसदहरूले सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन आग्रह गरे।
काठमाडौँ । प्रतिनिधिसभाका सदस्यहरूले आफ्नो निर्वाचन क्षेत्रका समस्याका बारेमा तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई जानकारी गराउन सक्ने व्यवस्था गरिने भएको छ ।
बुधबार सिंहदरबारमा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो प्रदेशको ह्वाट्सएप ग्रुपमार्फत सांसदहरूले निर्वाचन क्षेत्रको समस्या तत्काल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई जानकारी गराउन सक्ने व्यवस्था गर्न लागिएको जानकारी दिएका हुन् ।
निर्वाचन क्षेत्रमा देखिएका समस्याका बारेमा सांसदहरूले सहज रूपमा सरकारलाई जानकारी गराउन यस्तो व्यवस्था हुन लागेको छलफलपछि रास्वपाका सांसद मनिष झाले जानकारी दिए ।
छलफलका क्रममा मधेस प्रदेशबाट निर्वाचित सांसदहरूले आफ्नो क्षेत्रको तत्कालीन र दीर्घकालीन समस्याका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको उनले बताए ।
सांसद झाले आफूले रेडक्रसका समितिहरू भ्रष्टाचारको अखडा बनेकाले सबै समिति विघटन गर्दै छानबिनको दायरामा ल्याउन आफूले आग्रह गरेको जानकारी दिए ।
त्यसैगरी सांसदहरूले मधेस प्रदेशमा सेवा प्रवाहरुलाई नागरिकमैत्री बनाउन समेत आग्रह गरेका थिए । प्रधानमन्त्री शाहले निर्वाचन क्षेत्रका समस्याका बारेमा सांसदहरूसँग प्रदेश–प्रदेश समूह बनाएर छलफल गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण