मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: सिंहदरबारको ‘रेस्ट्रिक्टेड जोन’बाट देश हाँक्दै बालेन, निर्माण उद्योगमा संकट

आइतबार, २९ चैत २०८२, ०० : ०२
आइतबार, २९ चैत २०८२

सारांश

  • प्रधानमन्त्री बालेन शाह सिंहदरबारको रेस्ट्रिक्टेड जोनबाट देशको शासन सञ्चालन गरिरहेका छन्।
  • पश्चिम एसियाको द्वन्द्वका कारण इन्धन र निर्माण सामग्रीको मूल्य बढ्दा नेपालको निर्माण उद्योग संकटमा परेको छ।
  • बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि गर्दै नयाँ दर सार्वजनिक गरेको छ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।

१. सिंहदरबारको ‘रेस्ट्रिक्टेड जोन’बाट देश हाँक्दै बालेन

नेपालको राजनीतिक र प्रशासनिक केन्द्र सिंहदरबारभित्र ‘रेस्ट्रिक्टेड जोन’ मा बसेर प्रधानमन्त्री बालेन शाहले देश हाँकिरहेका छन् । 

२. निर्माण उद्योगमा संकट

पश्चिम एसियामा जारी द्वन्द्वको ठुलो प्रभाव नेपालको निर्माण क्षेत्रमा परेको छ । अमेरिका,इजराइल रइरानको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि र निर्माण सामग्रीको अत्यधिक महँगीका कारण नेपालको निर्माण क्षेत्र ठप्प हुने अवस्थामा पुगेको हो ।

३. काठमाडौँ उपत्यकामा चल्ने सवारीको भाडादर सार्वजनिक

बागमती प्रदेश सरकारले यस प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि गरेको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ भाडादर सार्वजनिक गरेको हो ।

४. विद्यार्थी संगठनमाथि प्रतिबन्ध गर्ने निर्णयको नेकपाद्वारा विरोध

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यसंयोजक समितिको बैठकले कलेजहरूमा विद्यार्थी संगठन र कार्यस्थलमा ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने कार्यको विरोध गरेको छ।

५. नेपालका सडक ‘मृत्युको पासो’

‘हरेक नेपाली दैनिक घरबाट फिल्डमा निस्किन्छन्, यसमध्ये ७ जना घर फर्किन पाउँदैनन् ।’ कारण नेपालका सडकहरू अहिले केवल यात्राको माध्यम मात्र रहेका छैनन्, ती ‘मृत्युको पासो’ बन्दै गएका छन् । सरकारी तथ्यांकले देखाएको डरलाग्दो चित्रअनुसार नेपालमा सडक दुर्घटनाका कारण दैनिक औसत सात जनाले ज्यान गुमाइरहेका छन् । यो वर्षभरिको हिसाब गर्दा झण्डै २ हजार ५ सय भन्दा बढी हुन आउँछ, जुन कुनै ठुलो महामारी वा प्राकृतिक विपत्तिभन्दा कम छैन ।

६. सरकारलाई चिकित्सक संघको जवाफ

 नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि अस्पतालमा ओपिडी  सेवा सञ्चालन गर्न गरेको आग्रहलाई अस्वीकार गरेको छ। 

७. दराजमा थन्किएको चीनसँगको त्यो सम्झौता 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोल र डिजेलमा दिँदै आएको भन्सार महसुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिने निर्णय गर्‍यो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दै गर्दा पेट्रोलियम पदार्थमा कर छुट दिएर जनतालाई राहत दिनुपर्ने मागबिच सरकारको यो कदमलाई आम जनताले समेत प्रशंसा गरे ।

८. शनिबार विशेष 

९.  हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने बहस

बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने विषयमा बहस हुन थालेको छ । २०५७ सालदेखि बन्द रहेको यो उद्योग २०६० सालमा खारेजीमा लैजाने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो ।  

१०. अमेरिका र इरानबिच ऐतिहासिक वार्ता

पाकिस्तानको राजधानी इस्लामाबादमा इरान र अमेरिकाका प्रतिनिधिमण्डलबिच शान्ति वार्ता सुरु भएको छ। पाकिस्तानी सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएअनुसार इस्लामाबादस्थित सेरेना होटलमा शनिबार दिउँसो ४ बजेदेखि वार्ता सुरु भएको हो।

११ . आईपीएल

१२. फोटो फिचर 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप