बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अदालतकाे आदेश

पूर्वऊर्जामन्त्री दीपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश

विदेश जान अनुमति लिनुपर्ने
बिहीबार, ०३ वैशाख २०८३, १९ : १८
बिहीबार, ०३ वैशाख २०८३

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वऊर्जामन्त्री दीपक खड्कालाई रिहा गर्न आदेश दिएको छ। 

खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा बिहीबार कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले रिहाको आदेश गरेको हो ।

 विदेश जान भने उनले सम्बन्धित अदालतबाट अनुमति लिनुपर्ने आदेशमा उल्लेख छ । 

'निवेदकलाई हिरासतमा राख्दा उचित विधि र प्रक्रिया पूरा गरेको देखिएन,' आदेशमा भनिएको छ, 'निजको पक्राउ पुर्जी र म्याद थप कानुनसंगत देखिँदैन । निज माथिको दाबीको कसूरको अनुसन्धान हिरासत बाहिर बसेर नै हुन सक्ने प्रकृतिको देखिँदा सम्बन्धित अदालतबाट अनुमति लिई मात्र निवेदकलाई विदेश जान दिनु र निजलाई तत्काल थुनामुक्त गर्नु भनी बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ ।' 

आदेशको पूर्णपाठ तयार गर्न समय लाग्ने भएकोले संक्षिप्त आदेश जारी गरिदिएको पनि सर्वोच्चले आदेशमा उल्लेख गरेको छ ।

खड्का गत चैत १५ गते पक्राउ परेका थिए । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेको थियो ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप