धनुषामा चार करोडको लागतमा निर्माण हुने भवन शिलान्यास
सारांश
- धनुषाको बटेश्वर गाउँपालिकामा चार करोडको लागतमा विद्यालय भवन शिलान्यास गरियो।
- भारत-नेपाल विकास साझेदारी अन्तर्गत मधेस प्रदेशमा ८९ वटा परियोजना स्वीकृत छन्।
- धनुषामा निर्माणाधीन २१ विद्यालय भवनमध्ये १३ वटाको काम सकिएको छ।
जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका(३ स्थित जनशक्ति माध्यमिक विद्यालयको चारतले भवन निर्माणका लागि शिलान्यास गरिएको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवीसहाय ‘मिना’ ले शुक्रबार बटेश्वरमा आयोजित समारोहबिच उक्त भवनको शिलान्यास गरेकी हुन् ।
भवन करिब रु चार करोडको लागतमा निर्माण हुने भवन करिब दुई बिघा जग्गामा बनाइनेछ । बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महावाणिज्यदूत मिनाले भारत–नेपाल विकास साझेदारीअन्तर्गत मधेस प्रदेशमा ८९ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) स्वीकृत गरिएको जानकारी दिइन्। उनका अनुसार तीमध्ये धनुषामा २१ वटा परियोजना छन् । धनुषामा निर्माणाधीन २१ विद्यालय भवनमध्ये १३ वटाको काम सम्पन्न भइसकेको छ ।
नवनिर्मित भवनमा रसायन शास्त्र, भौतिकशास्त्र तथा कम्प्युटर प्रयोगशाला, पुस्तकालय, शिक्षक तथा कर्मचारी कक्ष, प्रधानाध्यापक कक्ष, बैठक कक्ष तथा बालमैत्री शौचालयको व्यवस्था हुने जनाइएको छ ।
महावाणिज्यदूत मिनाले विद्यार्थीहरूलाई आधुनिक र गुणस्तरीय शिक्षण वातावरण उपलब्ध गराउने भारत सरकारको लक्ष्य रहेको उल्लेख गरिन् । बालबालिका तथा विद्यार्थीका लागि प्रभावकारी शिक्षण सुविधा र अनुकूल शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले सहयोग प्रदान गरिएको उनले बताइन् ।
यसअघि भारत सरकारको सहयोगमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–तुलसियाही जब्दीस्थित श्री वैद्यनाथ देवनारायण जनता माध्यमिक विद्यालयमा रु चार करोड लागतमा भवन निर्माण गरिएको थियो । एचआइसिडिपी भारत–नेपाल विकास साझेदारीको महत्त्वपूर्ण अंशका रूपमा रहेको उल्लेख गर्दै उनले विद्यालय, कलेज, अस्पताल, जल निकास, नदी तटबन्ध व्यवस्थापनलगायत नेपाल सरकारका प्राथमिकता प्राप्त क्षेत्रमा आधारभूत पूर्वाधार विकास गर्ने उद्देश्यले यी परियोजना कार्यान्वयन हुँदै आएका जानकारी दिए ।
भारत सरकारले मधेस प्रदेशमा विभिन्न विकास परियोजना स्वीकृत गर्नुका साथै एम्बुलेन्स र स्कूल बससमेत सहयोगस्वरूप उपलब्ध गराएको जनाएको छ । मधेस प्रदेशमा सञ्चालित परियोजना शिक्षा, स्वास्थ्य, सडक तथा पुल निर्माण, नदी तटबन्ध व्यवस्थापन, सिँचाइ, संस्कृति संरक्षण तथा प्रवर्द्धन, विद्युतीकरणलगायत विविध क्षेत्रमा केन्द्रित रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण