जहाज कब्जापछि अमेरिकालाई इरानको धम्की
सारांश
- अमेरिकी नौसैनिक बलले स्टेट अफ होर्मुज नजिक इरानको जहाज कब्जामा लिएपछि तनाव बढेको छ।
- इरानले यस घटनालाई खुला आक्रमण भन्दै अमेरिकाविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ।
- चालकदल र तिनका परिवारको सुरक्षा सुनिश्चित भएपछि मात्र इरानी सेनाले जवाफी कारबाही गर्ने जनाएको छ।
काठमाडौँ । पश्चिम एसियामा जारी तनाव थप चुलिँदै गएको छ । अमेरिकी नौसैनिक बलले स्टेट अफ होर्मुज नजिकै इरानको झण्डा बोकेको एक जहाज कब्जा गरेको खबर सार्वजनिक भएपछि इरानले अमेरिका विरुद्ध आवश्यक कदम चाल्ने चेतावनी दिएको छ ।
इरानको सरकारी सञ्चारमाध्यमअनुसार इरानले यस घटनालाई खुला आक्रमण का रूपमा लिइरहेको छ । इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी)सँग सम्बन्धित तास्निम न्यूज एजेन्सीले इरानी सेना निर्णायक जवाफ दिन तयार रहेको जनाएको छ ।
जहाजमा चालकदलका परिवारका सदस्यहरू समेत रहेका कारण तत्काल प्रतिकार गर्न केही सीमितता रहेको सोही समाचारमा बताइएको छ । यसले चालकदलका सदस्य र तिनका परिवारका सदस्यहरूको सुरक्षालाई प्राथमिकता दिइएको सङ्केत गरिएको छ ।
“हालको परिस्थितिमा जहाजमा रहेका परिवार र चालकदलको सुरक्षा सुनिश्चित भएपछि इस्लामिक गणतन्त्र इरानका शक्तिशाली सशस्त्र बलले अमेरिकी सेनाविरुद्ध आवश्यक कदम चाल्नेछन्,” तस्निमले उल्लेख गरेको छ ।
यो घटनाले पहिले नै संवेदनशील अवस्थामा रहेको क्षेत्रमा तनाव थपिएको छ । आइतबार अमेरिकी नौसैनिक बलले इरानी कार्गाे जहाजलाई नियन्त्रणमा लिएको थियो ।
जहाजले अमेरिकी नाकाबन्दी तोड्दै जलडमरूमध्य पार गर्ने प्रयास गरिरहेको बताइएको थियो । यस घटनापछि इरान यसै साता तय भएको युद्धविरामसम्बन्धी दोस्रो चरणको वार्ताबाट पछि हटेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
-
१० बजे १० समाचार : रास्वपा जिल्ला अधिवेशनमा कुटाकुट, भारतसँग बहुआयामिक साझेदारीकाे प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण