जफ्त भएको कार्गो जहाज तत्कालै रिहा गर्न इरानको माग
सारांश
- इरानले अमेरिकी सेनाद्वारा ओमानको खाडीमा नियन्त्रणमा लिइएको आफ्नो कार्गो जहाज तत्काल रिहा गर्न माग गरेको छ।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार अमेरिकी नौसेनाको नाकाबन्दी उल्लङ्घन गरेको आरोपमा जहाजलाई नियन्त्रणमा लिइएको हो।
- इरानले यस घटनालाई खतरनाक र आपराधिक कार्य भन्दै कडा निन्दा गरेको छ र यसको परिणामको जिम्मेवारी अमेरिकाले लिनुपर्ने चेतावनी दिएको छ।
तेहरान । अमेरिकी सेनाद्वारा ओमानको खाडीमा जफत गरिएको इरानी कार्गाे जहाज त्यगकपब तुरुन्त रिहा गर्न माग इरानले गरेको छ । इरानको विदेश मन्त्रालयले मंगलबार जारी गरेको वक्तव्यमा जहाज, चालक दलका सदस्यहरू तथा उनीहरूका परिवारलाई समेत तत्काल रिहा गर्नुपर्ने बताइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार उक्त जहाजले अमेरिकी नौसेनाको नाकाबन्दी पार गर्ने प्रयास गरेपछि आइतबार अमेरिकी सेनाले रोक्दै नियन्त्रणमा लिएको हो । अमेरिकी सेनाले सार्वजनिक गरेको भिडियोमा एक गाइडेड–मिसाइल डिस्ट्रोयरबाट जहाजतर्फ अमेरिकाल गोली प्रहार गरेको अनि त्यसपछि हेलिकप्टरबाट अमेरिकी जल सैनिकहरू जहाजको डेकमा अवतरण गरेको देखाइएको छ ।
इरानले यो घटनालाई “अत्यन्त खतरनाक” र “आपराधिक” कार्य भन्दै कडा निन्दा गरेको छ । विदेश मन्त्रालयले जहाजमा रहेको सामानको मूल्य “करोडौं डलर” बराबर भएको दाबी गरे पनि के सामग्री थियो भन्ने स्पष्ट गरेको छैन । आफ्नो राष्ट्रिय हित, सुरक्षा र नागरिकहरूको अधिकार र सम्मानको रक्षा गर्न इरानले “सबै क्षमता प्रयोग गर्ने” चेतावनी दिएको छ ।
साथै, यदि क्षेत्रमा थप तनाव बढेमा त्यसको पूर्ण जिम्मेवारी अमेरिकाले लिनुपर्ने पनि इरानको भनाइ छ । जहाजमा कति चालक दल थिए र उनीहरूको राष्ट्रियता के हो भन्नेबारे स्पष्ट जानकारी आएको छैन । अमेरिकी मध्य कमाण्ड (सेन्टकम)ले यसबारे औपचारिक विवरण सार्वजनिक गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
-
सरकारी निकायमा हुने गरेका सेटिङ’ र बिचौलियातन्त्र अन्त्य हुँदैछ – मन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण