अमेरिकासँग वार्ता गर्नुको तुक छैन: इरानी सांसद
सारांश
- इरानी सांसद महमूद नबाभियनले अमेरिकासँग वार्ता गर्नु पूर्ण रूपमा हानिकारक र तुकहीन भएको बताएका छन्।
- इरानी सैन्य मुख्यालयले कुनै पनि आक्रमण भएमा सेनाले पूर्व-निर्धारित लक्ष्यहरूमा कडा प्रहार गर्ने चेतावनी दिएको छ।
तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अनिश्चित अवधिसम्म लम्ब्याएका छन् । उनको यो निर्णयप्रति इरानको उच्च तहबाट प्रतिक्रिया आउन थालेको छ । मध्यरात पछिसमेत अधिकारीहरूले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरिरहेका छन् ।
इरानी संसदका सदस्य महमूद नबाभियनले सामाजिक सञ्जाल एक्समा लेख्दै अब अमेरिकासँग वार्ता गर्नुको तुक नभएको बताएका छन् । ‘यहाँबाट अमेरिकासँग वार्ता गर्नु पूर्ण रूपमा हानिकारक र तुकहीन हुनेछ’ उनले भनेका छन् । उनी इस्लामाबादमा भएको इरान–अमेरिका वार्ताको पहिलो चरणमा सहभागी प्रतिनिधिमण्डलका सदस्य पनि थिए ।
अर्काेतर्फ, इरानको शीर्ष सैन्य कमाण्ड खातम अल-अन्बिया मुख्यालयका प्रवक्ताले चेतावनी दिँदै कुनै पनि आक्रमण भएमा इरानी सेनाले “पहिले नै तय गरिएका लक्ष्यहरूमा झन् कडा प्रहार गर्ने” बताएका छन् । उक्त चेतावनीले अमेरिका र इजरायल दुबैलाई लक्षित गरेको देखिन्छ । नबावियनको टिप्पणी र सैन्य वक्तव्य दुवैमा युद्धविराम थपिएको विषयमा कुनै उल्लेख गरिएको छैन, यद्यपि ती प्रतिक्रिया ट्रम्पको घोषणापछि इरानी सञ्चारमाध्यमहरूमा सार्वजनिक भएका हुन् ।
अहिलेसम्म इरानी विदेश मन्त्रालयm वा यसका अधिकारी वा इरानी संसदका सभामुख वा प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफलगायत उच्च अधिकारीहरूबाट औपचारिक प्रतिक्रिया आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण