कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि हुन् : राष्ट्रपति पौडेल
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि भएको बताएका छन् ।
- उनले कला, साहित्य र सङ्गीतले समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्याउने बताए ।
- उनले नेपाली सङ्गीतको विकासमा परम्परा र आधुनिकताको सन्तुलन कायम गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि भएको बताएका छन् । शुक्रबार नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०८३ लाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
राष्ट्रपति पौडेलले हामीलाई एउटै सूत्रमा बाँध्ने तत्त्व हाम्रो कला, साहित्य र सङ्गीत भएको बताए । कला, साहित्य र सङ्गीतले समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्याउने पनि राष्ट्रपति पौडेलको भनाइ थियो ।
राष्ट्रपति पौडेलले सङ्गीतको शक्ति अपरम्पार रहेको भन्दै यो साझा भाषा, सम्पत्ति र राष्ट्रिय पहिचानको आधार पनि भएको बताए । उनले भने– ‘बहुजाति, बहुभाषा, बहुसंस्कृति र अनुपम भौगोलिक विविधता रहेको हाम्रो देशमा साहित्य, कला, गीत, सङ्गीत आपसमा प्रेम, मित्रता र भ्रातृत्व बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउने आधार हो ।’
उनले नेपाली सङ्गीतको विकासमा परम्परा र आधुनिकताको सन्तुलन कायम गर्नुपर्ने आवश्यकता पनि उत्तिकै महत्त्वपूर्ण रहेको भन्दै परम्परागत धुन, लय र शैलीलाई जोगाउँदै आधुनिक प्रविधि र नवीन प्रयोगमार्फत नयाँ सिर्जना गर्नु आजका सर्जकहरूको चुनौती र अवसर दुवै भएको बताए ।
राष्ट्रपति पौडेलले मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त गर्ने सामर्थ्य रहेको गीत सङ्गीतका क्षेत्रमा लाग्ने स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइ गर्न नहुने भन्दै सभ्य र सुसंस्कृत समाजको एउटा परिचायक पनि भएको बताए । उनले भने– ‘त्यसैले स्रष्टाको सम्मान, संस्कृतिको संरक्षण र गीत सङ्गीतको विकासको लागि सरकार र सम्बद्ध पक्षले सदैव सहयोग गर्नुपर्दछ ।’
उनले नेपाली लोक भाका पछ्याउँदै आधुनिक गीत सङ्गीतको सिर्जनामा नातिकाजीले पुर्याएको योगदान अनुकरणीय रहेको बताउँदै भने – ‘नातिकाजीका सिर्जनाहरूमा रहेको चेतना, प्रेम, देशभक्ति र मानवीय संवेदनाका अनुभूतिले उहाँलाई नेपाली गीत सङ्गीत प्रेमीहरूको माझ सदैव अमर बनाइराखेको छ । विशेष उहाँका देशभक्तिपूर्ण कालजयी गीतहरूले मातृभूमिप्रतिको स्नेहलाई प्रगाढ बनाउँदै नेपाली सङ्गीतको गौरवलाई बढाएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रूपमा बन्द
-
बैंककमा भव्य रूपमा मनाइयो भानु जयन्ती, ‘भानु–२०८३’ सहित ४ साहित्यिक कृतिको लोकार्पण
-
छिन्नमस्ता शक्तिपीठ पहुँचमार्ग निर्माणमा ढिलाइ, तत्काल मर्मत गर्न गाउँपालिकाको माग
-
शङ्कास्पद गाडी तेर्स्याइनु लोकतन्त्रका लागि शुभसंकेत होइन: बाबुराम भट्टराई
-
शङ्कास्पद पार्किङ गरिएका ५ वटा गाडी जरिवाना गरेर चालकको जिम्मा
-
अनुमति लिएर लामो समयसम्म प्रगति नगरेका आयोजनाको अवस्था अध्ययन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण