मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रूपमा बन्द

सोमबार, २९ असार २०८३, २३ : ११
सोमबार, २९ असार २०८३

सारांश

  • कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द गरिएको छ।
  • यात्रु र सवारीसाधनको सुरक्षाका लागि यो निर्णय लिइएको हो।
  • विपद् न्यूनीकरणका लागि सतर्क रहन आग्रह गरिएको छ।

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ ।

वर्षायाममा पहिरो जाने, ढुङ्गा खस्ने तथा सडक अवरुद्ध हुने सम्भावना उच्च रहेकाले यात्रु तथा सवारीसाधनको सुरक्षालाई मध्यनजर गर्दै यो निर्णय लिइएको सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले जानकारी दिए ।

सो सडक खण्डमा मकवानपुर जिल्लासँगको समन्वयमा मङ्गलबार बिहान ५ः०० बजेदेखि असार ३१ गते बिहान ६ः०० बजेसम्मका लागि सार्वजनिक, निजी तथा यात्रुवाहक सवारीसाधनको आवागमन बन्द गरिएको छ ।

विपद्जन्य घटनाबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउन प्रशासनले सर्वसाधारण तथा यातायात व्यवसायीलाई अनुरोध गरेको छ ।

प्रशासनले सर्वसाधारणलाई मौसम तथा सडकको अवस्थाबारे आधिकारिक सूचनाको पालना गर्न, सुरक्षित भएर रहन र अत्यावश्यक कामबाहेक यात्रा नगर्न पनि आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप