बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

स्मार्ट टेलिकमसँग जोडिएका थप दुई जना पक्राउ

शुक्रबार, २५ वैशाख २०८३, २२ : ००
शुक्रबार, २५ वैशाख २०८३

सारांश

  • स्मार्ट टेलिकमसँग जोडिएका थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा ललितपुरकी पलिना श्रेष्ठ र काभ्रेका नरेन्द्र उलाक छन् ।
  • उनीहरुमाथि आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

काठमाडौँ । स्मार्ट टेलिकमसँग जोडिएका थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–३ झम्सीखेल बस्ने ५५ वर्षीया पलिना श्रेष्ठ र काभ्रेपलान्चोकको पनौती घर भएर टोखा नगरपालिका–७ बस्दै आएका नरेन्द्र उलाक छन् । उनीहरुलाई शुक्रवार पक्राउ गरिएको सीआईबीका एआईजी डा.मनोज केसीले रातोपाटीलाई बताए ।

वैशाख २१ मा सीआईबीले स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशीलाई पक्राउ गरेको थियो । आरोपीहरू विरुद्ध प्रहरीले आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

स्मार्ट टेलिकम अहिले बन्द छ । नवीकरण नगरेका कारण २०८० वैशाखदेखि स्मार्ट टेलिकम बन्द भएको हो । आरोपीहरूले नेपाल सरकारको सम्पत्ति बेइमानीपूर्वक नेपाल सरकारको हक टुटाउने उ्द्देश्यका साथ काम गरेर सरकारलाई ठगी गरेको सीआईबीले जनाएको छ । सोमबार पक्राउ परेका ४५ वर्षीय जोशीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । 

नवीकरण नगरेपछि नेपाल दूरसञ्चार प्राधिकरणको स्वामित्वमा आउनुपर्ने स्मार्ट सेलको उपकरण आरोपीहरूले सरकारको हक टुटाउने गरी गैरकानुनी ढङ्गले लिलाम बिक्री गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आज पक्राउ परेका श्रेष्ठ र उलाक स्मार्ट सेलबाट प्राधिकरणले जफत गरेको सम्पत्ति गैरकानुनी तरिकाले लिलाम गराउने काममा संलग्न थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप