१२ बजे १२ समाचार: कोल्डस्टोर बनाउने होडबाजीदेखि एमालेद्वारा २१ सदस्यीय संसदीय बोर्ड गठनसम्म
सारांश
- नेकपा एमालेले २१ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ ।
- भारतीय विदेश सचिव विक्रम मिश्रको नेपाल भ्रमण अन्तिम समयमा स्थगित भएको छ ।
- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका महाप्रबन्धक रमेश आचार्यले पदबाट राजीनामा दिएका छन् ।
काठमाडौँ । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचारसहित हाजिर भएका छौँ–
१. प्रधानन्यायाधीश सिफारिसबारे उपसभामुखको स्पष्टीकरण
चौथो वरीयतामा रहेका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका रूपमा सिफारिस गरिएको विषयमा प्रश्न उठेपछि उपसभामुख रुबी कुमारी ठाकुरले सार्वजनिक रूपमा आफ्नो धारणा राखेकी छन् । ठाकुरले उक्त सिफारिस कार्यक्षमता र योग्यताको आधारमा गरिएको दाबी गरेकी छन्
२. विक्रम मिस्रीको नेपाल भ्रमण स्थगित
वैशाख २८ गतेका लागि तय भएको भारतीय विदेश सचिव विक्रम मिस्रीको भ्रमण स्थगित भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन नेपाल आउने तयारीमा रहेका सचिव मिस्रीले अन्तिम समयमा आफ्नो भ्रमण स्थगित गरेका हुन् ।
३. एमालेद्वारा २१ सदस्यीय संसदीय बोर्ड गठन
नेकपा एमाले संसदीय दलको बैठकले दलको साङ्गठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ ।
४. संवैधानिक संस्थाको अपहरण गर्ने प्रयास गरेको आरोप
नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरेर निजी स्वार्थका लागि संवैधानिक संस्थालाई अपहरण गर्ने प्रयास गरेको टिप्पणी गरेकी छन्।
५. आशिका तामाङको आपत्ति
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सांसदहरूका लागि आयोजना गरिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमहरू महँगा फाइभ स्टार होटलमा गरिएको भन्दै आपत्ति जनाएकी छन्।
६. ‘अकाल’ मृत्युको कारक बन्दै मोटरसाइकल दुर्घटना
मधेसमा सडक दुर्घटनाको सबैभन्दा ठुलो जोखिम मोटरसाइकल बनेको देखिएको छ । कुल सवारी दुर्घटनामध्ये झन्डै दुई तिहाइ मोटरसाइकल दुर्घटना नै हुने गरेका प्रहरीको तथ्यांकले देखाएको छ ।
७. महाप्रबन्धक रमेश आचार्यले दिए राजीनामा
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका महाप्रबन्धक रमेश आचार्यले पदबाट राजीनामा दिएका छन् ।
८. शनिबार विशेष
९. आईपीएल
१०.सोमबारदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान
आगामी सोमबारदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन हुने भएको छ ।
११. कोल्डस्टोर बनाउने होडबाजी
कोशी प्रदेश सरकारको ७५ प्रतिशत सहयोगमा बेलका नगरपालिका–१ मा साढे २ करोड रुपैयाँ हाराहारी लगानीमा ५ सय मेट्रिक टन क्षमताको कोल्डस्टोर निर्माण भयो । आर्थिक वर्ष ०७/०७८ मा निर्माण भएको यो कोल्डस्टोर अझै सञ्चालन भएको छैन ।
सञ्चालनका लागि कार्यविधि निर्माणको चरणमा रहेको बेलका नगरपालिकाको कृषि विकास शाखाका कृषि इन्जिनियर हिमाल गुरागाईं बताउँछन् । कोल्डस्टोर सञ्चालन हुन नसक्नुमा विद्युत् आपूर्तिलगायतका समस्या रहेको उनको भनाइ छ ।
१२. शनिबार साहित्य
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन आयोगले विजेता घोषणा नगर्दै रास्वपामा बढे महामन्त्रीको आकांक्षी
-
रास्वपामा सर्वाधिक मत ल्याउने ३५ उम्मेदवार को–को हुन् ? (हेर्नुहोस् सूची)
-
१२ बजे १२ समाचार: रास्वपाको ‘प्रदेश सभा खारेज’ प्रस्तावको विरोधदेखि एन्फा निलम्बनमासम्म
-
रास्वपा उपसभापतिमा मन्त्री विराज भक्त श्रेष्ठको उम्मेदवारी घोषणा
-
रास्वपा सह–महामन्त्रीमा असिम शाहको उम्मेदवारी घोषणा
-
कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण