तेस्रो पटक बसेर संसद् बैठक स्थगित
बुधबार, ३० वैशाख २०८३, १७ : ३७
सारांश
- प्रमुख प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिमा माग गर्दै विरोध जनाएपछि प्रतिनिधिसभाको बैठक तेस्रो पटक बसेर स्थगित भएको छ ।
- कार्यसूची अनुसार छलफलमा प्रवेश नै नगरी स्थगित भएको बैठक अब बिहीबार बिहान ११ बजे बस्नेछ ।
- बिहीबारको बैठकमा आजको लागि तोकिएको नीति तथा कार्यक्रममाथिको छलफल हुनेछ ।
काठमाडौँ । प्रतिनिधिसभा बैठक तेस्रो पटक बसेर स्थगित भएको छ । केही बेरअघि बसेको बैठक कार्यसूची अनुसार छलफलमा प्रवेश नै नगरी स्थगित भएको हो ।
तेस्रो पटक बसेको बैठकमा पनि विपक्षी दलका सांसदहरूले उभिएर विरोध जनाएका थिए । उनीहरुले छलफलमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गरेका थिए ।
अब अर्को बैठक बिहीबार ११ बजे बस्नेछ । आजको लागि तोकिएको नीति तथा कार्यक्रममाथिको छलफल बिहीबारको लागि तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण