५ हजारभन्दा बढीले बुझाएनन् सम्पत्ति विवरण
सारांश
- आर्थिक वर्ष २०८१/०८२ मा सम्पत्ति विवरण बुझाउनुपर्ने दायित्व भएका ५ हजार २ सय ६५ जना सार्वजनिक पदधारीले तोकिएको समयभित्र विवरण बुझाएनन्।
- राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदन अनुसार ७ लाख ७२ हजारभन्दा बढी कर्मचारी र पदाधिकारीमध्ये ९९.३२ प्रतिशतले मात्र विवरण बुझाएका हुन्।
- प्रदेश तहमा सम्पत्ति विवरण नबुझाउनेको संख्या सबैभन्दा बढी १.९४ प्रतिशत देखिएको छ।
काठमाडौँ । आर्थिक वर्ष २०८१/०८२ मा सम्पत्ति विवरण बुझाउनुपर्ने दायित्व भएका सार्वजनिक पदधारीहरूमध्ये ५ हजार २ सय ६५ जनाले तोकिएको समयभित्र विवरण नबुझाएको पाइएको छ।
राष्ट्रिय सतर्कता केन्द्रले तयार पारेको ‘सम्पत्ति विवरण अनुगमन प्रतिवेदन’ अनुसार ७ लाख ७२ हजारभन्दा बढी कर्मचारी र पदाधिकारीमध्ये ९९.३२ प्रतिशतले मात्र विवरण बुझाएका हुन् ।
केन्द्रका सचिव सुरजकुमार वैद्यले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसमक्ष उक्त प्रतिवेदन पेस गरेका छन् । २९८ पृष्ठ लामो प्रतिवेदनका अनुसार संघीय तहका ५,२७० जना, प्रदेश तहका ४५८ जना र स्थानीय तहका ३७७ जना गरी कुल ५ हजार २ सय ६५ जनाले सम्पत्ति विवरण नबुझाएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तीन तहमध्ये प्रदेश तहमा विवरण नबुझाउनेको संख्या सबैभन्दा बढी अर्थात् १.९४ प्रतिशत देखिएको छ।
प्रतिवेदन बुझ्दै प्रमुख आयुक्त राईले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारीका सम्बन्धमा कार्यालय प्रमुखलाई नै जिम्मेवार बनाउनुपर्ने र यसलाई कार्यसम्पादन मूल्यांकनसँग आवद्ध गर्नुपर्नेमा जोड दिए। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो सम्पत्तिको स्रोतसहितको अद्यावधिक विवरण पेस गर्नुपर्ने कानुनी व्यवस्था छ।
विगतका वर्षहरूको तुलनामा विवरण नबुझाउनेको संख्या घट्दो क्रममा रहे तापनि तोकिएको म्याद नाघ्नेहरूलाई प्रचलित कानुनबमोजिम कारबाहीका लागि आयोगले आवश्यक कदम चाल्ने जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण