विश्वप्रकाश भन्छन्– ६०/४० को भागबन्डा अब दन्त्य कथा बनिसक्यो
सारांश
- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले २०६२/६३ को जनआन्दोलन, माओवादी र मधेस आन्दोलनले स्थापित गरेका उपलब्धिहरू खण्डित नहुने गरी संविधान संशोधन गरिनुपर्ने बताएका छन्।
- उनले संविधान निर्माणमा सहभागी दलहरूको भावना समेट्नुपर्ने र विशेष गरी संविधानसभामा रहेका तर अहिले नभएका मधेस केन्द्रित दलहरूको भावनालाई पनि जोड्नुपर्नेमा जोड दिए।
- शर्माले पार्टीभित्रको विवादबारे बोल्दै इगोको चस्मा उतारेर हेर्न आग्रह गरे र ६०/४० को भागबन्डा अब दन्त्य कथा बनिसकेको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले २०६२/६३ को जनआन्दोलन, माओवादी र मधेस आन्दोलनले स्थापित गरेको उपलब्धिहरू खण्डित नहुने गरी संविधान संशोधन गरिनुपर्ने बताएका छन्।
मधेस प्रदेशको बर्दिबासमा आयोजित कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै शर्माले संविधान निर्माणमा सहभागी दलहरूको भावना समेट्नुपर्नेमा जोड दिए ।
‘२०६२/६३ को आन्दोलन, माओवादी विद्रोह र मधेस आन्दोलन लगायतले स्थापित गरेका उपलब्धिहरू खण्डित हुनुहुन्न’, शर्माले भने, ‘त्यसबेला संविधानसभामा रहेका तर अहिले प्रतिनिधिसभामा नरहेका मधेस केन्द्रित दलहरूको भावना समेत जोड्न सक्नुपर्छ ।’
यसैगरी पार्टीभित्रको विवादबारे बोल्दै उनले इगोको चस्मा उतारेर हेर्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे । शर्माले वडामा क्रियाशील सदस्यता अद्यावधिक गर्न केन्द्रीय सभापति गगन थापा पुग्ने नभई वडा सभापतिले नै गर्ने स्पष्ट पारे । नेतृत्वले आफू पक्षलाई मात्रै जिम्मेवारी दिएर अगाडि बढे पार्टी कमजोर हुने उनले बताए।
‘नेतृत्वले हिजो आफूसँग सहमतहरूलाई मात्रै जिम्मेवारी दिँदै अघि बढेमा पार्टी कमजोर हुने र विभाजनलाई बल पुग्ने हुन्छ । तर विशेष महाधिवेशनको विपक्षमा रहेका कयौँ साथीलाई केन्द्रमा, संसदीय दलमा र भ्रातृ संस्थाहरूमा ल्याइएको छ । यद्यपि ६०/४० को भागबन्डाको विषय अब दन्त्य कथा बनिसक्यो’, शर्माले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण