कोशी प्रदेशका साना तथा मझौला उद्यमीले ३ करोडसम्म कर्जा पाउने
सारांश
- राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीचको सम्झौता अनुसार 'सुरक्षण योगदानमा आधारित कर्जाको पोर्टफोलियो सुरक्षण योजना २०८२' कार्यान्वयनमा आएको छ।
- यस योजना अन्तर्गत कोशी प्रदेशका साना तथा मझौला उद्यमहरूलाई ३० लाखदेखि ३ करोड रुपैयाँसम्म कर्जा प्रवाह गरिनेछ।
- यो कार्यक्रम 'उदय परियोजना' अन्तर्गत सञ्चालन हुनेछ, जुन स्विट्जरल्याण्ड सरकार र कोशी प्रदेश सरकारको संयुक्त लगानीमा छ।
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच भएको सम्झौता बमोजिम 'सुरक्षण योगदानमा आधारित कर्जाको पोर्टफोलियो सुरक्षण योजना २०८२' कार्यान्वयनमा आएको छ ।
यस योजना अन्तर्गत बैंकले कोशी प्रदेशका साना तथा मझौला उद्यमहरूमा कर्जा लगानी गर्नेछ ।
स्विट्जरल्याण्ड सरकारको 'स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेशन' (एसडीसी) र कोशी प्रदेश सरकारको संयुक्त लगानी रहेको 'उदय परियोजना' अन्तर्गत यो कार्यक्रम सञ्चालन हुन लागेको हो । कर्जा सुरक्षणका लागि कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच स्थापित 'कोशी प्रदेश साना तथा मझौला उद्यमी कर्जा सुरक्षण कोष' ले जिम्मेवारी बहन गर्नेछ ।
बैंकको प्रचलित नियम अनुसार साना तथा मझौला स्तरका कृषि, उद्योग र सेवा व्यवसायका क्षेत्रमा ३० लाख रुपैयाँदेखि ३ करोड रुपैयाँसम्मको कर्जा प्रवाह गरिनेछ । यस कर्जामा बैंकले न्यूनतम ब्याजदर र प्रशोधन शुल्क कायम गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण