१० बजे १० समाचार : ओली परे अल्पमतमा, अदालतको आदेशमा कांग्रेसको प्रश्न
काठमाडौँ । आज मिति २०८३ साल जेठ महिनाको ९ गते शनिबार । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ ।
१. ओली परे अल्पमतमा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सचिवालयमै अल्पमतमा परेका छन् । शनिबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीविरुद्ध महासचिव शंकर पोखरेलसहित उपमहासचिव योगेश भट्टराई लगायतका थप पदाधिकारी खुलेपछि उनी अल्पमतमा परेका हुन् ।
२. नेपाली कांग्रेस
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएका आन्तरिक मतभेद र असन्तुष्टिलाई व्यवस्थापन गर्दै सबै नेताहरूलाई एकजुट भएर अगाडि बढ्न आह्वान गरेका छन् ।
३. न्यायालयमा सरकारको छाया
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारको छाया सर्वोच्च अदालतमा पर्न थालेको छ, जसले न्याय सम्पादनमा सङ्कट निम्त्याउन सक्ने देखिएको छ ।
४. अदालतको आदेशमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा भएको पछिल्लो निर्णय र सरकारी कदममाथि प्रश्न उठाएका छन्।
५. रिफ्रेसमेन्ट सेन्टरमा भ्रष्टाचारको गन्ध
कोशी रिफ्रेसमेन्ट सेन्टर आयोजना सुरुमा २ लाखको अवधारणाबाट बढेर २ अर्बको परियोजना बनेको छ। सरकारले बजेट अभाव र अन्य कारण देखाउँदै आयोजनाबाट हात झिकेको छ र यसमा भ्रष्टाचारको आशंका गरिएको छ।
६. शनिबार विशेष
७. व्यापार
नेपालले १० महिनाको अवधिमा १७ करोड ५३ लाख रुपैयाँभन्दा बढीको चिज आयात गरेको छ ।
८.जसपा नेपालद्वारा चुनावी हारको समीक्षा
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठकमा प्रतिनिधि सभा निर्वाचन २०८२ को समीक्षा गरिएको छ ।
९. रास्वपा जिल्ला भेलामा कुटपिट
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्लास्तरीय विस्तारित बैठकमा झडपको अवस्था सिर्जना हुदाँ तीन जना घाइते भएका छन् ।
१०.११ लाख लुट्ने योजना प्रहरीले पारिदियो असफल
रुकुम पश्चिमा ११ लाख लुट्ने गाडी चालकको योजना प्रहरीले असफल पारिदिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज दुई संसदीय समितिको बैठक बस्दै
-
‘देशमा कु भइसक्यो, संविधान बाहिरबाट आएको शक्तिले राज गर्दै छ’
-
गौर भन्सारको उपलब्धि : लक्ष्यभन्दा ४१ प्रतिशत बढी राजस्व सङ्कलन
-
नारायणगढ–मुग्लिन सडक खण्डमा दुई बस ठोक्किए, सडक फेरि अवरुद्ध
-
गोरु पाल्ने किसानलाई प्रोत्साहन
-
सरकारलाई बाबुरामको सुझाव–ठुलो गाँस मुखमा हाल्दा घाँटीमा अड्कने खतरा हुन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण