१२ बजे १२ समाचार: काठमाडौँका जारमा न पानी शुद्ध, न भाँडा सफादेखि डीडीसीमा सीआईबीकाे छापासम्म
सारांश
- काठमाडौँका जारमा पानी शुद्ध नहुनुका साथै भाँडा पनि सफा नभएको पाइएको छ।
- प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दुग्ध विकास संस्थान (डीडीसी)मा छापा मारेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ।
- आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड रुपैयाँ पुगेको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ।
१. खानेपानीमा समस्या
काठमाडौँ ३२ जडीबुटीमा आइतबार पवन बानियाँले नजिकैको किराना पसलमा ३ वटा जार साटे । हतार गरेका उनलाई एउटा जार चुहिने रैछ भन्ने घर ल्याएपछि मात्र थाहा भयो।
२. डीडीसीमा छापा
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दूग्ध विकास संस्थान (डीडीसी)मा छापा मारेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ।
३. बालेनको कस्तो छ सेना र प्रहरीसँग सम्बन्ध ?
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले तीन वटा विभागीय मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन् । सामान्यतया प्रधानमन्त्रीले विभागीय मन्त्रालयको जिम्मेवारी नसम्हाल्ने, सम्हाल्नै परेको अवस्थामा रक्षा मन्त्रालयसम्मको जिम्मेवारी सम्हालेको पाइन्छ ।
४. मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक
जेनजी आन्दोलन सम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक भएको छ ।
५. आर्थिक सर्वेक्षण
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड रुपैयाँ पुगेको छ।
६. कहाँ हरायो सर्वोच्च अदालतको प्रत्यक्ष प्रसारण ?
सर्वोच्च अदालतमा दर्ता भएका सार्वजनिक सरोकारको मुद्दा प्रत्यक्ष प्रसारण गर्ने भनी पटक–पटक घोषणा गरे पनि हुन सकेको छैन।
७. बजेट लेखनमा अहोरात्र अर्थमन्त्री
बजेट आउने दिन नजिकिँदै छ । आगामी आर्थिक वर्ष २०८३/८४ को कस्तो आउँछ भन्ने सर्वत्र चासो छ । बालेन्द्र शाह नेतृत्वको सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको पहिलो बजेट भएकाले पनि चासो बढेको हो । बजेट आउने समय नजिकिएसँगै यतिबेला सिंहदरबारस्थित अर्थ मन्त्रालयको माहोल पूर्ण रूपमा बदलिएको छ ।
८. डढेको परिचयपत्र ब्युँताउन ५ सय ‘जरिबाना’
विराटनगर–२ का राजेन्द्र रिजाल पछिल्लो चार महिनादेखि जिल्ला प्रशासन कार्यालय मोरङको ढोका ढकढक्याइरहेका छन्। उनको उद्देश्य कुनै ठुलो सरकारी सुविधा लिनु होइन, केवल आफ्नै ‘राष्ट्रिय परिचयपत्र’ प्राप्त गर्नु हो ।
तर, विडम्बना ! राज्यले नै सुरक्षित राख्न नसकेर आन्दोलनको क्रममा जलेको आफ्नो परिचयपत्र पुनः प्राप्त गर्न उनले अहिले ५ सय रुपैयाँ ‘जरिबाना’ सरहको शुल्क तिर्नुपर्ने भएको छ।
९. अदालत
सर्वोच्च अदालतले अदालतहरूमा मुद्दाको पेसी व्यवस्थापनका लागि लागू गरिएको ‘गोला प्रक्रिया’ हटाउने वा यसको विकल्प खोज्ने सम्बन्धमा कुनै पनि औपचारिक छलफल नभएको बताएको छ।
१०. राजदूत नियुक्तिमा ढिलाइ
परराष्ट्र मन्त्रालयले विदेशस्थित आफ्ना दूतावास तथा नियोगको सङ्ख्या घटाउने तयारी थालेको छ । सोही तयारीका कारण विभिन्न मुलुकका लागि रिक्त राजदूत पदमा नियुक्ति ढिलो हुन पुगेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
११. मनोरञ्जन
हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेललाई दर्शकले अब फरक अवतारमा देख्न पाउने भएका छन् । उनी यो पटक ‘भगवान् गणेश’को अवतारमा देखिन लागेका हुन्।
१२. आईपीएल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुकुरको खाना भनेर अस्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट त्रिभुवन विमानस्थलबाट बरामद
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण