नेपाली जनतालाई ऋणको भारी बोकाउने बजेटबाट अग्रगमनको अपेक्षा गर्न सकिँदैन : क्रान्तिकारी कम्युनिस्ट पार्टी
सारांश
- क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई 'लोकप्रियतावादी शब्दजाल' भन्दै यसले मुलुकलाई थप ऋणको भारमा डुबाउने दाबी गरेको छ ।
- पार्टीका प्रवक्ता हेमन्त प्रकाश ओलीले अर्थमन्त्रीद्वारा प्रस्तुत बजेटले नेपाली जनताको थाप्लोमा ६ खर्ब ५७ अर्ब २८ करोड रुपैयाँ थप ऋण बोकाउने दाबी गरेका छन् ।
- यस बजेटमा कृषि, औद्योगिक उत्पादन, सुकुम्वासी तथा श्रमजीवी वर्गका समस्या समाधान, बेरोजगारी अन्त्य र युवा पलायन रोक्ने जस्ता ठोस योजना नभएको पार्टीको आरोप छ ।
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई 'लोकप्रियतावादी शब्दजाल' को संज्ञा दिएको छ । यस्तो बजेटले मुलुकलाई थप ऋणको भारमा डुबाउने उक्त पार्टीको दाबी छ ।
पार्टीका प्रवक्ता हेमन्त प्रकाश ओलीले आइतबार एक प्रेस वक्तव्य जारी गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेद्वारा प्रस्तुत बजेटले आम नेपाली जनताको थाप्लोमा ६ खर्ब ५७ अर्ब २८ करोड रुपैयाँ थप ऋणको भार थोपर्ने दाबी गरेका छन् ।
पार्टीले २१ खर्ब २४ अर्बभन्दा बढीको बजेटमा विकास निर्माणका लागि न्यून बजेट विनियोजन गरिएको र पुरानो ऋण तिर्न ठूलो रकम खर्चिनुपर्ने अवस्थाले अर्थतन्त्रलाई परनिर्भर बनाउने उल्लेख गरेको छ ।
वक्तव्यमा भनिएको छ, 'नेपाली पुँजीपतिहरूलाई देशमै लगानी गरेर राष्ट्रिय पुँजीको विकास गर्ने योजना ल्याउनुको साटो उनीहरूलाई विदेशमा लगानी गर्न अनुमति दिने र विकासका नाममा जनतालाई आन्तरिक तथा बाह्य ऋणको भारी बोकाउने यो बजेटले देशलाई नवऔपनिवेशिक सिकन्जामा थप कस्ने निश्चित छ ।'
क्रान्तिकारी कम्युनिस्ट पार्टीले यस बजेटमा कृषि तथा औद्योगिक उत्पादन बढाउने, सुकुम्वासी र श्रमजीवी वर्गका समस्या समाधान गर्ने तथा बेरोजगारी अन्त्य गरी युवा पलायन रोक्ने कुनै ठोस र वैज्ञानिक योजना नरहेको आरोप लगाएको छ ।
नवउदारवादी आर्थिक सिद्धान्तमा आधारित यस बजेटले राष्ट्रिय स्वाधीनतालाई कमजोर पार्ने र आकाशिएको महँगीलाई थप बढावा दिने पार्टीको ठहर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण