करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
सारांश
- कोशी प्रदेशले काठमाडौँमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा करातेमा ३ स्वर्ण, ३ रजत र ३ कांस्य पदक जित्दै च्याम्पियन बनेको छ ।
- महिला करातेतर्फ हिरा आले मगर (४५ केजी), प्रनिशा नेपाल (५० केजी) र सशिका आले मगर (५५ केजी) ले स्वर्ण पदक जितेका छन् ।
- पुरुषतर्फ प्रमोद राईले ५७ केजी र कातामा २ रजत तथा निरोज थापा (४७ केजी) र पुष्पराज (६२ केजी) ले कांस्य पदक जितेका छन् ।
विराटनगर । काठमाडौँमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कोशी प्रदेशले कराते विधामा ऐतिहासिक सफलता हासिल गरेको छ ।
पुरुष र महिला दुवै समूहको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै कोशी प्रदेश करातेतर्फ समग्रमा च्याम्पियन बन्न सफल भएको हो ।
करातेमा जम्मा १२ वटा स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा कोशी प्रदेशले ३ वटा स्वर्ण पदक एक्लै जितेको छ । स्वर्णका साथै कोशीले ३ रजत र ३ कांस्य पदक समेत हात पारेको छ ।
_V5cZquO3n3.jpg)
करातेको महिला विधातर्फ कोशी प्रदेशका चेलीहरूले सानदार प्रदर्शन गरे । प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषका अनुसार कोशीले महिलातर्फ मात्रै ३ वटा स्वर्ण पदक जितेको छ । स्वर्ण जित्ने खेलाडीहरूमा हिरा आले मगर ४५ केजी तौल समूहकी रहेकी छिन् । त्यसैगरी प्रनिशा नेपालले ५० केजी तौल समूहमा स्वर्ण पदक जितेकी छिन् भने सशिका आले मगरले ५५ केजी तौल समूहमा स्वर्ण पदक जितेकी छिन् ।
त्यस्तै, ६० केजी तौल समूहमा प्रकृति गुरुङले कांस्य पदक जितेर प्रदेशको पदक तालिकामा योगदान पुर्याएकी छिन् ।
पुरुषतर्फ पनि कोशीका खेलाडीहरूले कडा प्रतिस्पर्धा गर्दै पदक जितेका छन् । ५७ केजी तौल समूह र काता विधामा प्रमोद राईले २ वटा रजत पदक जितेका छन् । त्यस्तै, ४७ केजीमा निरोज थापा र ६२ केजी तौल समूहमा पुष्पराजले कांस्य पदक प्राप्त गरे ।
कराते विधामा कोशी प्रदेशबाट १२ जना खेलाडीहरूले सहभागिता जनाएका थिए । शुक्रबार दिउँसोसम्मको नतिजा अनुसार कोशी प्रदेशले समग्र प्रतियोगितामा ४ वटा स्वर्ण पदक जितिसकेको छ, जसमध्ये ३ वटा स्वर्ण करातेबाट मात्रै आएको हो ।
प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषले खेलाडीहरूको यो सफलताले कोशी प्रदेशको शिर उचो बनाएको बताउँदै विजयी खेलाडीहरूलाई बधाई ज्ञापन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण