सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अन्तिम बिदाइ

गणेश नेपालीको शव अन्त्येष्टिका लागि आर्यघाट लगियो

सोमबार, २९ असार २०८३, १६ : ५२
सोमबार, २९ असार २०८३

सारांश

  • वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका २५ वर्षीय गणेश नेपालीको अन्त्येष्टि गरिएको छ।
  • नेपाल सरकार र पीडित पक्षबीच ९ बुँदे सहमति भएपछि शवलाई अन्तिम संस्कारका लागि आर्यघाट लगिएको हो।
  • सहमतिअनुसार घटनाको छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा समिति गठन गरिनेछ र मृतकलाई सहिद घोषणा गर्ने विषयमा निर्णय प्रक्रिया अघि बढाइनेछ।

काठमाडौँ । वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीको अन्त्येष्टि गरिने भएको छ ।

घटनालाई लिएर नेपाल सरकार (स्थानीय तहसहित) र पीडित पक्षबिच ९ बुँदे सहमति भएसँगै नेपालीको शवलाई अन्तिम संस्कारका लागि आर्यघाट लगिएको हो ।

Ganesh Nepali Funeral_NPL (1)

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भएको सहमतिअनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिनेछ। उक्त समितिले गठन भएको सात दिनभित्र सरकारसमक्ष प्रतिवेदन पेस गर्ने उल्लेख छ।

Ganesh Nepali Funeral_NPL (2)

सहमतिमा छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा गणेश नेपालीलाई सहिद घोषणा गर्ने विषयमा आवश्यक निर्णय प्रक्रिया अघि बढाइने पनि उल्लेख गरिएको छ। 

Ganesh Nepali Funeral_NPL (3)

साथै घटनाका दिन फिल्डमा खटिएका काठमाडौँ महानगर प्रहरीका कर्मचारीलाई हालका लागि निलम्बन गरी छानबिन प्रतिवेदनअनुसार थप कारबाही गरिने सहमति भएको छ।

Ganesh Nepali Funeral_NPL (4)

पीडित परिवारलाई राहतस्वरूप मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा काठमाडौँ महानगरपालिकामा रोजगारी उपलब्ध गराइने, छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च व्यवस्थापन गरिने तथा आगामी कार्यपालिका बैठकबाट उचित राहत रकम उपलब्ध गराइने सहमतिमा उल्लेख छ।

Ganesh Nepali Funeral_NPL (5)

त्यसैगरी, अन्तिम संस्कारको सम्पूर्ण व्यवस्था, आफन्तको यातायात तथा काठमाडौँ बसाइ खर्च, शव बुझ्ने र पोस्टमार्टमलगायत कानुनी प्रक्रिया सहज बनाउने तथा परिवारका एकाघरका सदस्यको स्वास्थ्य बीमाको व्यवस्था गर्ने विषयमा पनि सरकार र महानगरले जिम्मेवारी लिने सहमति भएको छ। 

Ganesh Nepali Funeral_NPL (6)Ganesh Nepali Funeral_NPL (7)Ganesh Nepali Funeral_NPL (8)Ganesh Nepali Funeral_NPL (9)Ganesh Nepali Funeral_NPL (10)Ganesh Nepali Funeral_NPL (11)Ganesh Nepali Funeral_NPL (12)Ganesh Nepali Funeral_NPL (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप