भारतको महाराष्ट्रमा गुडरहेको बस ट्रकसँग ठोक्कियो, १३ जनाको मृत्यु
सोमबार, ०२ भदौ २०७६, १३ : ३५
एजेन्सी– भारतको पश्चिमी राज्य महाराष्ट्रको निमगुल क्षेत्रमा राज्यद्वारा सञ्चालित एक बस ट्रकसँग ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य २० जना घाइते भएका छन् ।
स्थानीय समयानुसार आइतबार राति १०ः३० बजे सो दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको र जसमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ ।
दुबै सवारी साधनको अगाडीको भाग नै ठोक्किएको हुनाले दुबै चालकको दुर्घटनामा मृत्यु भएको छ । महाराष्ट्र राज्यको शाहादा शहरको अरुरानगाबाद ग्रामीण इलामामा यात्रा गइरेहको सो बसमा ४५ जना यात्रु सवार रहेका जनाइएको छ । –सिन्ह्वा/ANI Photo
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण