बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नेविसंघमा नयाँ नेतृत्व ल्याउनेबारे सभापति देउवाले गरे यस्तो खुलासा

शनिबार, २१ भदौ २०७६, २० : ४१
शनिबार, २१ भदौ २०७६

काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबाहादुर देउवाले केही दिनभित्र नेविसंघमा नयाँ नेतृत्व आउने दावी गरेका छन् । अछाम–काठमाडौं सम्पर्क समितिद्वारा आयोजित जय नेपाल स्मारिक विमोचन तथा दशै, तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति देउवाले सहमतिको खोजिगर्दा नेविसंघमा नेतृत्व ल्याउन ढिला भएको बताए । 

सांसद रामबहादुर विष्टले ६ महिनादेखि नेविसंघमा नेतृत्व किन आउन सकेन भन्ने प्रश्नको जवाफ दिँदै  उनले भने, ‘ पार्टीभित्र कुरा मिलाउन खोज्दा केही ढिलो भएको हो । अब कुरा मिलोस्-नमिलोस्, सहमति होस् -नहोस्, २–४ दिनभित्र नेविसंघमा नयाँ नेतृत्व आउँछ ! बस म यति भन्छु ।’

यस्तै फरक प्रसंगमा सभापति देउवाले केपी ओली सरकारले संविधानको मर्म एवं भावनाविपरीतका कानुन ल्याएर मुलुकलाई एकदलीय सर्वसत्तावादतर्फ लैजान खोज्दाअहिले परिणाम देखिएको बताए । 
 उनले भने, ‘नेपाली सेना, पुलिस, कर्मचारी र न्यायालयलाई आफूप्रति प्रतिबद्ध बनाएर नयाँ कम्युनिस्ट शासनको अभ्यास गर्न थालिएको छ । सरकार बदलिने कुरा ठूलो होइन । कहिले कांग्रेस आउँछ, कहिले अर्को आउँछ  तर यहाँ प्रणाली नै बदल्ने प्रयास भएको छ । जसले परिणाम सरकार प्रणाली बचाउन काँग्रेससँग गुहार माग्ने अवस्थामा पुगेको छ ।’

यस्तै सह–महामन्त्री प्रकाशशरण महतले केही दिनअघि काँग्रेस कहाँ छ भन्नेहरु आज गुहार माग्ने अवस्थामा पुगेको बताए  । उनले भने, ‘केही दिनअघि कहाँ छ काँग्रेस भन्ने केपी ओली अहिले आफ्नो असफलता ढाकछोप गर्न काँग्रेससँग हारगुहार मागिरहेको अवस्था छ ।’

नेता एनपी साउँदले  पनि सरकार पूर्णरुपमा असफल भएको दावी गरे ।  नेता साउदले सरकार दुईतिहाईको दम्भ देखाएर संवैधानिक आयोगका प्रमुखलाई तर्साइरहेको बताए । 

 राणादेखि कुँवरसम्म सम्मानित

अछाम – काठमाडौं सम्पर्क समितिले ७ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेमा प्रतिनिधि सभाका सांसद रामबहादुर विष्ट, पूर्व सांसद आरजु राणा देउवा, पूर्व सांसद तथा पूर्व राजदुत बलबहादुर कुँवर, जगत बहादुर धामी, टेकबहादुर विक, भीमबहादुर साउद, शान्ता कुँवर र ज्वाला विष्ट रहेको छ । 

सांसद रामबहादुर विष्टलाई एनडी प्रभाष चटौत सम्मान, पूर्वसभासद् डा आरजु राणा देउवालाई द्वारिकादेवी ठकुराठी सम्मान, पूर्वसांसद बलबहादुर कुँवरलाई सिद्धराज ओझा सम्मान गरिएको थियो । अन्यलाई जय नेपाल स्मारिका विमोचनामा सहयोग गरे वापत कदरपत्र प्रदान गरिएको थियो ।

नेपाली जनतालाई पीडा हुँदा काँग्रेसमा आएँ : नवप्रवेशी साउद

सोही कार्यक्रमा आछमको रामारोशन गाउँपालिकाका ७ जना सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता–कायकर्ता काँग्रेसमा प्रवेश गरेको छन् । प्रवेश गर्नेहरुमा मानबहादुर साउद, जयप्रकाश साउद, ताराबहादुर साउद, शक्ति साउद, नरेश साउद,  दुर्गाबहादुर साउद र तपेन्द्र साउद रहेको छन् । 

मानबहादुर साउद नेकपाका प्रभावशाली जिल्ला नेता हुन् । पार्टी प्रवेशपछि मानबहादुर साउदले नेकपाको विकृत रुप देखिन थालेकाले काँग्रेस प्रवेश गरेको बताए । उनले भने, ‘मेरो पार्टी प्रवेश रोक्न नेकपाका नेता भीम रावलले केही मान्छे मेरो घरमा पठाएका थिए । मलाई पनि फोन गरेर निकै आश्वासन दिएका थिए । तपाईलाई के पीडा भएको भन्नु भएको थियो । मैलाई कुनै पीडा छैन, नेकपाका कारण नेपाली जनताले पीडा पाएको छन् । त्यसतै म काँग्रेस प्रवेश गर्दैछु भने मैले ।’

साउदलाई आजै अछामा काँग्रेसले जिल्ला कार्यसमतिमा चयन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप