कोरोना त्रास : संसद बैठक पनि स्थगित

काठमाडौं । कोरोना भाइरसको सन्त्रासका कारण प्रतिनिधि सभा बैठक आगामी चैत १३ गतेसम्मका लागि स्थगित गरिएको छ । विहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले चैत १३ बिहीबार बस्ने गरी तिनिधि सभा बैठकको समय निधारण गरेको हो ।
यसअघि चैत ७ गतेका लागि बैठक बोलाइएको थियो । सांसदहरुले विश्वभर कोरोनाको महामारी फैलिएको भन्दै यस्तो बेला संसद बैठक स्थगित गर्नु पर्ने माग राख्दै आएको थिए । यस्तै भोलिका लागि बोलाइएको राष्ट्रियसभाको बैठक पनि स्थगित गर्ने तयारी छ ।
बुधबार सरकारले शैक्षिक संस्थाका बन्द गर्नुका साथै सांस्कृतिक, सामाजिक कार्यहरुमा पार्टीप्यालेस, मठमन्दिर,गुम्बा, मस्जित, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन पनि प्रतिबन्ध लगाएको छ । कोरोनाको संक्रमणलाई मध्यनजर बिहीबारका लािग तय गरिएकाे एसईई समेत स्थगित गरिएकाे थियाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर