कोरोना त्रास : संसद बैठक पनि स्थगित
काठमाडौं । कोरोना भाइरसको सन्त्रासका कारण प्रतिनिधि सभा बैठक आगामी चैत १३ गतेसम्मका लागि स्थगित गरिएको छ । विहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले चैत १३ बिहीबार बस्ने गरी तिनिधि सभा बैठकको समय निधारण गरेको हो ।
यसअघि चैत ७ गतेका लागि बैठक बोलाइएको थियो । सांसदहरुले विश्वभर कोरोनाको महामारी फैलिएको भन्दै यस्तो बेला संसद बैठक स्थगित गर्नु पर्ने माग राख्दै आएको थिए । यस्तै भोलिका लागि बोलाइएको राष्ट्रियसभाको बैठक पनि स्थगित गर्ने तयारी छ ।
बुधबार सरकारले शैक्षिक संस्थाका बन्द गर्नुका साथै सांस्कृतिक, सामाजिक कार्यहरुमा पार्टीप्यालेस, मठमन्दिर,गुम्बा, मस्जित, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन पनि प्रतिबन्ध लगाएको छ । कोरोनाको संक्रमणलाई मध्यनजर बिहीबारका लािग तय गरिएकाे एसईई समेत स्थगित गरिएकाे थियाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण