नापोलीको पुनरागमन जित
भिक्टर ओसिम्हेनको दुई गोलको सहयोगमा नापोलीले इटालियन सिरी ए फुटबलमा पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा १–० को नतिजालाई उल्टाएर नापोलीले उडीनेजेलाई २–१ गोल अन्तरले हराएको हो ।
नापोलीलाई जित दिलाउन भिक्टरले दुई गोल गरे । उता उडिनेसेका लागि जेरार्ड डेउलोफेउले एक गोल गरे । खेलको २२ औं मिनेटमा जेरार्डले गोल गर्दै उडीनेजेलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलले पछि परेको नापोलीले दोस्रो हाफमा दुई गोल गरेर नतिजा आफ्नो पक्षमा पार्यो ।
५२ औं मिनेटमा भिक्टरले नापोलीका लागि बराबरी गोल फर्काए । ६३औं मिनेटमा भिक्टरले व्यक्तिगत दोस्रो गोल गर्दै नापोलीलाई २–१ को जित दिलाए ।
उडिनेजे ८२औं मिनेटमा १० खेलाडीमा सेमेटिएको थियो । पाब्लो मारीले रातो कार्ड पाएर मैदान बाहिरिए ।
जितसँगै नापोलीले शीर्ष स्थानको एसी मिलानभन्दा ३ अंकले पछि छ । लिगमा ३० खेल खेलेको नापोलीको ६३ अंक छ । शीर्ष स्थानको मिलानको ६६ अंक छ ।
पराजित उडीनेजे ३० अंक जोडेर १४ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण