कर्णालीमा सत्ता गठबन्धनको बैठक जारी, भागबण्डा टुङ्गो लगाउने प्रयास
कर्णालीमा सत्तारुढ गठबन्धन संयन्त्रको बैठक जारी छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको सरकारी निवासमा दिउँसो १ बजेदेखि बैठक सुरु भएको नेपाली काँग्रेस कर्णाली प्रदेश समितिका प्रवक्ता दमन शाहीले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार आजको बैठकले पालिकाहरुको सीट बाँडफाँडबारे सम्भवतः टुङ्गो लगाउनेछ । मनोनयन दर्ताका लागि केही दिनमात्र बाँकी रहेकाले जसरी पनि समस्या समाधान गरेर अघि बढ्ने प्रयासमा नेताहरु छन् । बिहीबार राति अबेरसम्म बसेको बैठक निष्कर्षबिना टुङ्गिएको थियो ।
यसअघि सोमबार बसेको बैठकले जिल्लामा भएको समस्या प्रदेश कमिटीलाई सिफारिस गर्न एक दिनको अल्टिमेटम दिएको थियो । तर बिहीबारसम्म केही जिल्लाको मात्र रिपोर्ट आएको थियो । विशेषगरी दैलेखमा भागवण्डाको समस्या देखिएको छ ।
दैलेखका माओवादी र समाजवादीले धेरै स्थानमा मागदाबी गरेको काँग्रेसको भनाइ छ । दैलेखको समस्या टुङ्गो लगाउने गरी बैठक बसेको जनाइएको छ । यद्यपि बैठकमा गठबन्धनभित्र रहेका राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीलाई भने सहभागी गराइएको छैन । यी दुबै दलले आफूहरुलाई उपेक्षा गर्न खोजिएको भन्दै गठबन्धनबाट बाहिरिने संकेत समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण