जिसुसको ह्याट्रिकमा सिटीको फराकिलो जित
ग्राबियल जिसुसले ह्याट्रिकसहित चार गोल गर्दा प्रिमियर लिग फुटबलमा शनिबार भएको खेलमा म्यानचेस्टर सिटीले वाट्फोर्डमाथि ५–१ गोलको फराकिलो जित हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीको जितमा जिसुसले ह्याट्रिक सहित चार गोल पूरा गरे । खेलको चौथो मिनेटमा गोल गर्दै जिसुसले सिटीलाई अग्रता दिलाएका थिए ।
२३औँ मिनेटमा जिसुसले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर पारे । २८औँ मिनेटमा वाट्फोर्डका लागि हसान कामराले गोल गर्दै टिमलाई २–१ गोलको अवस्थामा ल्याए । ३४औँ मिनेटमा सिटीका लागि रोर्डीले गोल गर्दै टिमको अग्रता ३–१ गोलको बनाए ।
पहिलो हाफमा ३–१ गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । खेलको ४९औँ मिनेटमा जिसुसले पेनाल्टी मार्फत गोल गर्दै ह्याट्रिक पूरा गरे । ५३औँ मिनेटमा जिसुसले चौथो गोल गर्दै टिमलाई ५–१ गोलको जित दिलाए । जितसँगै सिटीले ३३ खेलबाट ८० अंक जोडेको छ । सिटी तालिकाको शीर्ष स्थानमा छ । पराजित वाट्फोर्ड २२ अंकसहित रेलिगेसनमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण