मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य शिविरबाट सात सयभन्दा बढी लाभान्वित

सोमबार, ०६ वैशाख २०७३, ०७ : ५७
सोमबार, ०६ वैशाख २०७३

म्याग्दी– जिल्ला अस्पताल बेनीमा आइतबार सम्पन्न भएको हाडजोर्नीसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट ७०० भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् ।

लायन्स क्लब अफ बेनी म्याग्दी, जिल्ला अस्पताल र नेपाल अर्थोपेडिक अस्पताल काठमाडौँको आयोजनामा तीन दिन सञ्चालन भएको शिविरमा ७२४ जनाको स्वास्थ्य परीक्षण र ३७ जनाको शल्यक्रिया गरिएको थियो ।

नेपाल अर्थोपेडिक अस्पताल काठमाडौँका हाडजोर्नी रोग विशेषज्ञ युवराज खरेल नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श, शल्यक्रिया र औषधि वितरण सेवा प्रदान गरेको थियो ।

म्याग्दीका साथै पर्वत, मुस्ताङ र बागलुङ जिल्लाका बिरामी पनि शिविरबाट लाभान्वित भएका लायन्स क्लब अफ बेनी म्याग्दीका अध्यक्ष कुविर श्रेष्ठले बताउनुभयो । खुट्टाको पैताला फर्किएका, जन्मजात हातखुट्टा बाङ्गिएका, भाँचिएका, स्टिल पाटा वा किल्ला निकाल्ने र शरीरमा गाँठागुठी हुने समस्याको उपचार गरिएको थियो ।

आर्थिक कारणले जिल्ला बाहिरका अस्पतालमा गएर हाडजोर्नीसम्बन्धी समस्याको उपचार सेवा पाउन नसकेका सर्वसाधारणलाई स्थानीयस्तरमै सर्वसुलभ रुपमा सेवा उपलब्ध गराउन शिविरको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप