गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान
पर्सा – पर्साको शङ्करसरैया गाविसमा गएराति लागुऔषध कारोबारी र प्रहरीबीच गोली हानाहान भएको छ । गाविसको वडा नं ८ मा पर्ने भलुवही खोलाको बगरमा राति ११ः४५ बजेको समयमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको हो ।
पर्सा वन्यजन्तु आरक्षको बाटो प्रयोग गरी मकवानपुरबाट पर्सा भित्र्याउन लागिएको प्रतिबन्धित आगुऔषध गाँजा र चरेस नियन्त्रणमा लिन लुकेर बसेका सुरक्षाकर्मीलाई लक्ष्य गरी तस्करहरुले गोली प्रहार गरेपछि प्रहरीले दुई राउन्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबेन्द्र बोगटीले जानकारी दिए । गोली हानाहानमा दुवैतर्फ कुनै मानवीय क्षति नभएको बताइएको छ ।
प्रहरीले प्रतिकार गरेपछि अँध्यारोको फाइदा उठाउँदै तस्कर फरार हुन सफल भएको प्रहरीले जनाएको छ । भिडन्तपछि घटनास्थलका निरीक्षण गर्दा प्रहरीले १० वटा पोकामा एकसय किलो गाँजा फेला पारेका थियो । घटनामा संलग्न रहेको गाँजा तस्करको पहिचान भएको र उनीहरुको खोजी भइरहेको प्रवक्ता बोगटीले बताए।
मकवानपुर, धादिङ, चितवनलागायतका जिल्लामा उत्पादन भएका लागुऔषधलाई भरियाको मद्दतले पर्सा वन्यजन्तु आरक्षको बाटो प्रयोग गरी कारोबारीले पर्सामा भित्र्याउने गरेका छन् । रातिको समयमा पर्सा भित्र्याइएका यस्ता लागुऔषधलाई कारोबारीले अर्को दिन रातकै समय पारेर भारततर्फ पठाउने प्रहरीको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण