‘तारक मेहताका उल्टा चस्मा’ की अभिनेत्रीले निर्मातामाथि लगाइन् यौन उत्पीडनको आरोप
भारतीय टिभी सिरियल ‘तारक मेहताका उल्टा चस्मा’ की अभिनेत्रीले निर्मातामाथि यौन उत्पीडनको आरोप लगाएकी छिन् । अभिनेत्री जेनिफर मिस्त्री बंसीवालले टिभी सिरियलका निर्माता आसित कुमार मोदी र अन्य दुई जनामाथि यौन उत्पीडनको आरोप लगाएकी हुन् ।
यद्यपि, दुवैले यो आरोप अस्वीकार गरेका छन् । उनका अनुसार जेनिफरलाई उनको खराब व्यवहारका कारण शोबाट जान भनिएको थियो ।
आसित मोदीले आफू र शोको बदनाम गरेको आरोपमा जेनिफरविरुद्ध कानुनी कारबाही गर्ने बताएका छन् । जेनिफरले सब टिभीमा चल्ने यो सबैभन्दा लामो शोमा रोशन सोढीको भूमिका निभाउँदै आएकी छिन् ।
जेनिफरले ८ अप्रिलमा आफ्नो उजुरी राष्ट्रिय महिला आयोग र मुम्बई पुलिसलाई पठाएको पनि जानकारी दिइन् । उक्त उजुरीमा प्रोजेक्ट हेड सोहेल रमानी र निर्माता जतिन बजाजले पनि आफूलाई यौन दुर्व्यवहारको प्रयास गरेको उल्लेख छ ।
पवई पुलिस स्टेसनका एक वरिष्ठ पुलिस अधिकारीले जेनिफरको उजुरी पाएको बताएका छन् । जेनिफरले केही वर्षयता असित मोदीले आफूमाथि पटक पटक यौन दुर्व्यवहार गरेको दाबी गरेकी छन् ।
उनले धेरै पटक असभ्य कुरा गर्ने गरेको तर आफूले सधैँ बेवास्ता गरेको उनले बताइन् । जेनिफरका अनुसार सन् २०१९ को मार्चमा सिंगापुरमा आसित मोदीले उनलाई आफ्नो कोठामा बोलाएर ह्विस्की पिउन प्रस्ताव राखेको बताइन् ।
जेनिफरले समाचार एजेन्सी पिटिआईसँग भनिन्, ‘म चुप बसेँ । तर यो कुरा आफूसँग काम गर्नेहरूलाई भन्थेँ । यस्तो स्थितिमा उनीहरुले मलाई जोगाउने गर्दथे ।’
जेनिफरले भनिन्, ‘मेरा साथीहरू अहिले पनि काम गरिरहेका छन् त्यसैले उनीहरुले खासै केही गर्न सक्दैनन् । मैले यसबारे रमानीसँग कुराकानी गरेँ । मैले यो शोमा काम गर्न नसक्ने कुरा उनलाई बताएको थिएँ । मैले यस्तो गरेँ भने उनीहरुले मेरो तलब चार महिनाका लागि रोकिदिने चेतावनी दिए ।’
कार्यक्रमका निर्देशकले भने, ‘जेनिफरको कनट्र्याक्ट हामीले नबढाएका कारण उनले हामीमाथि यस्ता खालका आरोप लगाइरहेकी छिन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण