एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डको दुई विधाको मनोनयन सार्वजनिक
काठमाडौं । धनगढीमा हुने चौथो एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डको दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजनमा हुने अवार्डको सुदूरपश्चिम आइकन पुरुष र सुदूरपश्चिम आइकन महिला विधाको मनोनयन सार्वजनिक गरिएको हो ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा पदक विजेता खेलाडीहरुलाई समेटेर मनोनय सार्वजनिक गरेको हो ।
असार ८ गते धनगढीमा हुने चौथो संस्करणको एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डको माया मेट्रो हस्पिटल सुदूरपश्चिम आइकन पुरुष विधामा फेन्सिङका जलेन्द्र शाही, कराँतेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयनमा परेका छन् । जलेन्द्रले नवौं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमलाई पहिलो स्वर्ण पदक जिताएका थिए । फेन्सिङमा सुदुरपश्चिमलाई उनले पहिलो पटक स्वर्ण पदक जिताएका हुन् ।
आनन्दले पनि नवौं राष्ट्रिय खेलकुदमा कराँतेतर्फ ५० किलो तौलसमूहमा स्वर्ण पदक जितेका थिए । सुदूरपश्चिमलाई कराँतेमा स्वर्ण पदक दिलाउने उनी एक्ला खेलाडी हुन । उनले प्रशिक्षण दिएका दुईजना खेलाडीले राष्ट्रपति रनिङ सिल्डमा पनि दुई कांस्य पदक जितेका थिए । उनले भारतमा भएको ईण्डो—नेपाल च्याम्पियनसीपमा पनि स्वर्ण पदक जितेका थिए ।
जियारतले भने यू—२० साफ च्याम्पियनसीपमा नेपाल उपविजेता बन्दा टोलीको महत्वपूर्ण सदस्य थिए । उनले खुमलटार युवा क्लबलाई ‘ए’ डिभिजनमा पू¥याउन पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । मनाङ मस्र्याङ्दी क्लबबाट ‘ए’ डिभिजन लिग खेलिरहेका उनी गत वर्ष भएको तिलोत्तमा गोल्डकपको उत्कृष्ट गोलरक्षकसमेत घोषित भएका थिए ।
न्यु सिटी पोलिक्लिनिक सुदूरपश्चिम आइकन महिला अवार्डमा कुस्तीकी मनिषा सिंह, फुटबलकी दिपा रोकाया र क्रिकेटकी कविता कुँवर मनोनयनमा परेका छन् । मनिषाले नवौं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमलाई कुस्तीमा ५३ किलो तौलसमूहमा स्वर्ण पदक दिलाएकी थिइन् । उनले एसियन छनोट प्रतियोगितामा पनि स्वर्ण हात पारेकी थिइन् ।
कविताले सुदूरपश्चिमलाई प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनी प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बनेकी थिइन् । मेयर कप र नेपाली महिला क्रिकेट टोलीबाट सहभागिता जनाउँदै खेल खेलेकी थिइन् ।
चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड—२०७९’ मार्फत २०७९ सालमा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड प्रदान गरिने छ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ ।
यसैगरी सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । अवार्डको चौथो संस्करणको तयारी तीव्र रूपमा भइरहेको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण