मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

ईयूको ५० वर्ष : कैयौँ विस्तार, एउटै प्रस्थान

बुधबार, २२ कात्तिक २०८०, २२ : २०
बुधबार, २२ कात्तिक २०८०

पेरिस । युक्रेन र मोल्दोभासँग औपचारिक सदस्यता वार्ता सुरु गर्न बुधबार सिफारिस गरेको युरोपेली सङ्घ (ईयू) ले विगत ५० वर्षमा विस्तारका विभिन्न चरणहरू पार गरेको छ । युरोपेली आयोगले जर्जियालाई उम्मेदवारको दर्जा दिन पनि सिफारिस गरेको छ, सम्भवतः यसलाई सदस्यताको लागि लामो प्रक्रियामा राख्नेछ ।

युरोपेली आयोगको वार्षिक प्रतिवेदनमा ईयूको मापदण्डप्रति उम्मेदवार राष्ट्रहरूको प्रगतिबारे उल्लेखित निर्णयहरू डिसेम्बरमा हुने शिखर सम्मेलनमा समूहका २७ नेताहरूलाई वार्ता सुरु गर्ने वा नगर्ने निर्णय गर्न जानेछन् ।

यसका लागि वर्षौं वा दशकौं लाग्न सक्छ । प्रस्तावको पूर्वसन्ध्यामा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेब्रुअरी २०२२ मा रूसले आक्रमण गरेको आफ्नो देश ‘यूरोपेली सङ्घमा रहने’ प्रतिबद्धता जनाएका थिए ।

सन् १९५७ मा स्थापना भएको ‘युरोपियन इकोनोमिक कम्युनिटी’ का रूपमा स्थापित यो समूह पछि ईयू बनेको हो । यसको सुरूवात बेल्जियम, फ्रान्स, इटाली, लक्जेम्बर्ग, नेदरल्याण्ड्स र पश्चिम जर्मनी गरी छ वटा सदस्यबाट भएको थियो ।

सन् १९७३ मा बेलायत, डेनमार्क र आयरल्याण्ड, सन् १९८० को दशकमा ग्रीस, पोर्चुगल र स्पेनले सदस्यता लिएका थिए ।  सन् १९९५ मा अस्ट्रिया, फिनल्यान्ड र स्वीडेनलाई पहिलो पटक रूससँगको साझा सीमा हुँदै यो समूह पूर्वतिर विस्तार गर्न थाल्यो ।

सन् २००४ मा १५ बाट २५ सदस्यीय ‘बिग ब्याङ्ग’ विस्तार भएको थियो, जसमा आठ पूर्व साम्यवादी पूर्वी युरोपेली देश र दुई भूमध्यसागरीय राष्ट्रले एकै पटकमा ईयूको झण्डा फहराएका थिए । सन् २००७ मा बुल्गेरिया र रोमानियाले इयूलाई २७ सदस्य राष्ट्रमा पु¥याएका थिए भने सन् २०१३ मा क्रोएसिया २८औँ राष्ट्र बनेको थियो ।

सन् २०१६ को जनमत सङ्ग्रहमा ईयूबाट बाहिरिने पक्षमा भएको मतदानपछि बेलायत सन् २०२० मा ईयूबाट बाहिरिने पहिलो सदस्य राष्ट्र बनेको थियो ।

युक्रेनको युद्धले मध्य र पूर्वी यूरोपमा विस्तार गर्ने ईयूको अभियानलाई पुनर्जीवित गरेको छ । सन् २००५ मा उत्तरी म्यासेडोनिया सन् २०१० मा मोन्टेनेग्रो सन् २०१२ मा सर्बिया सन् २०१४ मा अल्बानिया पछि सन् २०२२ डिसेम्बरमा बोस्निया उम्मेदवारको दर्जा पाउने पाँचौं बाल्कन राष्ट्र बनेको थियो ।

कोसोभोले सन् २०२२ मा पनि आवेदन दिएको थियो तर उसलाई उम्मेदवारको दर्जा दिइएको छैन । नेटो सदस्य राष्ट्र टर्की सन् २०१९ देखि उम्मेदवार रहँदै आएको छ र सन् २००५ मा सदस्यता वार्ता सुरु गरेको थियो ।

तर सन् २०१६ मा राष्ट्रपति रेसेप तैयप एर्दोगानले असफल ‘कू’ पछि असहमतिमाथि गरेको दमनका कारण सन् २०१६ देखि नै अङ्काराको इयूसँगको सम्बन्ध निकै बिग्रिएको छ ।

ईयूका धेरै सदस्य राष्ट्रहरूका लागि लामो समयदेखि रोकिएको प्रवेश वार्ता नामबाहेक अरू सबैमा मरेको छ । टर्कीको सदस्यताको लामो समयदेखि विरोध गर्दै आएको अस्ट्रियाले गत सेप्टेम्बरमा यो प्रक्रिया अन्त्य गर्न समेत आह्वान गरेको थियो ।

युरोपेली महत्वाकांक्षाले युक्रेनले सन् २००४ देखि ठूला दुई युद्धको सामना गरेको छ र मोल्दोभाले ईयूको प्रतीक्षालयमा रहेका देशहरूको सङ्ख्यालाई आठमा ल्याएको छ । 

सुधारको लागि नजिकको आर्थिक र राजनीतिक सम्बन्धको व्यापार गर्दै यि दुई पूर्व सोभियत गणराज्यहरूसँग ईयूले सन् २००९ मा पूर्वी साझेदारी गठन गरेको थियो । 

अन्यमा अर्मेनिया, अजरबैजान, जर्जिया र हाल रूसको सहयोगी रहेको बेलारुस थिए । जर्जियाले बुधबार पनि ईयू उम्मेदवारको दर्जाको लागि सिफारिस प्राप्त गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप