मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

युक्रेनका लागि ५० अर्ब यूरोको रोक्का आर्थिक सहयोग प्याकेज फुकुवा

बिहीबार, १८ माघ २०८०, १८ : ०५
बिहीबार, १८ माघ २०८०

ब्रसेल्स । यूरोपेली संघ (ईयू)का नेताहरुले यूरोपका लागि  ५० अर्ब यूरो बराबरको आर्थिक सहायता प्याकेजमा सहमति गरेका छन् । यूरोपेली परिषद्का अध्यक्ष चाल्र्स माइकलले यस्तो बताएका हुन् । 

एक्समा एक पोष्टमा आफूहरुले सम्झौता गरेको उनले भनेका छन् । यूरोपका २७ देशका नेताहरुले आर्थिक प्याकेजमा सहमति दिएका छन् ।

यसअघि पनि पारित भइसकेको आर्थिक प्याकेज हंगेरीका प्रधानमन्त्री भिक्टर अर्बानले रोकेका थिए । यस पटक पनि उनले त्यस्तै गर्लान् कि भन्ने डर थियो । तर उनले त्यसो गरेनन् । युक्रेनप्रति ईयूको नीतिबारे पुनःविचार होस् भन्ने आफूले चाहेको अनि आगामी चार वर्षसम्म युक्रेनका लागि आर्थिक सहयोग उपलब्ध गराइरहने अवधारणमाथि प्रश्न उठाएका थिए ।

कूटनीतिक स्रोतहरुले रोयटर्सलाई बताएअनुसार नयाँ सम्झौतामा वर्षेनी आर्थिक प्याकेजबारे छलफल हुने र आवश्यकता परेमा हरेक दुई वर्षमा यसको समीक्षा गर्ने विकल्प छ । यो प्याकेजमा वर्षेनी मतदान होस् भन्नेमा ओर्बनले दबाब दिँदै आएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप