युक्रेनका लागि ५० अर्ब यूरोको रोक्का आर्थिक सहयोग प्याकेज फुकुवा
ब्रसेल्स । यूरोपेली संघ (ईयू)का नेताहरुले यूरोपका लागि ५० अर्ब यूरो बराबरको आर्थिक सहायता प्याकेजमा सहमति गरेका छन् । यूरोपेली परिषद्का अध्यक्ष चाल्र्स माइकलले यस्तो बताएका हुन् ।
एक्समा एक पोष्टमा आफूहरुले सम्झौता गरेको उनले भनेका छन् । यूरोपका २७ देशका नेताहरुले आर्थिक प्याकेजमा सहमति दिएका छन् ।
यसअघि पनि पारित भइसकेको आर्थिक प्याकेज हंगेरीका प्रधानमन्त्री भिक्टर अर्बानले रोकेका थिए । यस पटक पनि उनले त्यस्तै गर्लान् कि भन्ने डर थियो । तर उनले त्यसो गरेनन् । युक्रेनप्रति ईयूको नीतिबारे पुनःविचार होस् भन्ने आफूले चाहेको अनि आगामी चार वर्षसम्म युक्रेनका लागि आर्थिक सहयोग उपलब्ध गराइरहने अवधारणमाथि प्रश्न उठाएका थिए ।
कूटनीतिक स्रोतहरुले रोयटर्सलाई बताएअनुसार नयाँ सम्झौतामा वर्षेनी आर्थिक प्याकेजबारे छलफल हुने र आवश्यकता परेमा हरेक दुई वर्षमा यसको समीक्षा गर्ने विकल्प छ । यो प्याकेजमा वर्षेनी मतदान होस् भन्नेमा ओर्बनले दबाब दिँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण